चर्चित गुण्डा नाइके गणेश लामा अब मिडिया मालिक
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १४चैत– विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य चर्चित गुण्डा नाइके गणेश लामाले मिडियामा लगानी गरेका छन् ।
अपराधिक पृष्ठभूमिका लामाले हालै राजधानीबाट प्रकाशित हुँदै आएको जनसबाल दैनिक किनेका हुन् ।
स्रोतका अुनसार राजनीतिको आडमा गुण्डागर्दी गर्दा पनि सञ्चार माध्यमबाट आक्रमण नरोकिएपछि लामा आफैं मिडिया चलाउने मनस्थितिमा पुगेका हुन् । यसअघि उक्त पत्रिकाको स्वामित्व रामजी बगाले र अर्का एकजनाको नाममा थियो ।
लामाविरुद्ध गुण्डागर्दी माध्यमबाट अकुत सम्पत्ति आर्जन गरेको मुद्धा विशेष अदालतमा विचाराधीन छ । काभ्रे निवासी लामा गत संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट काभ्रे–२ मा उम्मेदवारी दिएको भोलिपल्टै २०७० असोज १८ मा तीन करोड मूल्य बराबर धरौटी बुझाएर जेलमुक्त भएका थिए ।
सम्पत्तिशुद्धीकरण विभागले लामाले अवैधरूपमा २७ करोड एक लाख ६१ हजार ५८ रुपैयाँ बराबरको सम्पति आर्जन गरेको आरोपमा उनीविरुद्ध ५ जेठ २०७० मा विशेषमा मुद्दा दायर गरेको थियो ।
लामा अदालतले तोकेको तीन करोड धरौटी दिन नसकेपछि ३ साउनमा जेल गएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses