आज चन्द्रग्रहण लाग्ने, काठमाडौंबाट ३७ मिनेटसम्म हेर्न सकिने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शनिबार 21 चैत, 2071
काठमाडौं, चैत्र २१ । आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।
काठमाडौं उपत्यकाबाट बेलुका ६ बजेर २३ मिनेटदेखि साढे ७ बजेसम्म चन्द्रमामा ग्रहण देखिनेछ ।
नेपालसहित पूर्वी एशिया, पश्चिम तथा उत्तरी अमेरिका, न्युजिल्याण्ड र अष्ट्रेलियाबाट पनि चन्द्रग्रहण देखिनेछ ।
आजको ग्रहण यस वर्षको दोस्रो खण्डग्रास चन्द्रग्रहण हो । यसअघि गएको असोज २२ गते पनि खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न नहुने र ग्रहण सकिएपछि नजिकको नदी वा खोलामा गएर स्नान गर्नुपर्ने धार्मिक विश्वास पनि छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses