भूकम्पपीडितले गर्न थाले आत्महत्या, मनोउपचारको खाँचो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नुवाकोट, बैशाख २३ ।

नुवाकोटका भूकम्प पीडितहरु हतोत्साहित हुने क्रम बढेको छ । भूकम्पबाट ज्यान जोगिएपनि आफूलाई सम्हाल्न नसक्दा नुवाकोटमा पीडितबाट आत्महत्या गर्ने क्रम बढेको हो ।

पीडितहरुमध्ये हालसम्म दुई जनाले आत्महत्या गरिसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । भूकम्पबाट प्रभावित भएकोहरुलाई मनोउपचारको खाँचो देखिएको चिकित्सकहरुले बताएका छन् ।

नुवाकोटमा भूकम्पबाट त्रसितहरु मात्र होइन बांकी रहेको भग्नावशेसमा उत्खनन् गर्न जानेहरुले पनि ज्यान गुमाउन थालेका छन् । भूकम्पले भत्काएको घरमा अन्नपात र लत्ताकपडा खोज्न जाने क्रममा हालसम्म दुई जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको त्रास र धनसम्पत्तीको लोभमा बाचेकाहरुको पनि प्राण जान थालेपछि पीडितहरुलाई मनोसामाजिक उपचारको खाँचो रहेको जिल्ला अस्पताल त्रिशुलीका चिकित्सक मधुकर दाहालको सुझाव छ ।

आफ्नै आँखा अगाडी भएको घटनाको कारणले गर्दा स्वस्थ्य मानिस पनि टोलाउने र झोक्राउने गरेको उनको भनाइ छ । जिल्ला अस्पताल त्रिशुलीमा भौतिक संरचना भत्किएर आउनेहरुको चाप कम भएसंगै अहिले मानसिक पीडामा रहेकाहरुको भिड बढ्न थालेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses