नेपाली आकाशमा मानवरहित विमान उडान प्रतिबन्धित (विज्ञप्ति सहित)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

May 6, 2015

२३ बैशाख, काठमाडौं ।
विनाशक भूकम्पपछि नेपाली आकाशमा मानवरहित विमान (ड्रोन) को आतंक मच्चिएपछि नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाली आकाशमा मानवरहिन विमान उडाउन प्रतिबन्ध लगाएको छ ।
नेपाली आकाशमा यस्ता विमान देखिए उडान कारवाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

यस्ता विमानहरुले विश्व सम्पदा सूचीमा रहेका नेपाली सम्पदाको विनाशका विषयमा भ्रामक सूचना प्रभाहित गरेर गलत सन्देश दिएको भन्दै प्राधिकरणले विमानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

नेपालका निषेधित क्षेत्रबाहेक अन्य क्षेत्रमा यस्ता विमान उडाउनै परेमा नेपाल सरकार तथा सम्बन्धित निकायको पनि अनुमति लिनु पर्ने अन्यथा कारवाही गरिने पनि प्राधिकरणले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses