‘नेपालमा अनिष्ट हुनुको कारण यस्तो पो…
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
May 17, 2015
काठमाडौं । ‘भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको सम्भावना नकार्न सकिदैन,’ पञ्चांग निर्णायक समिति नेपालले गत फागुनमा प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्यफलमा लेखिएको छ, ‘केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले तापक्रममा प्रतिकुलताले सबैतिर अशान्ति छाउला ।’
‘२०७२ साल मंगलबारदेखि सुरु भएको छ । महिनामा पाँचवटा मंगलबार परेका छन् ।’,समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘बैशाखमा पाँच मंगल, बुध र बिहीबार तथा सूर्य संक्रान्ति मंगलबार परेको थियो । यो भनेको अनिष्ट हो ।’
उनका अनुसार यस वर्ष आकाशीय मन्त्रिमण्डल राजा शनि र मन्त्री मंगलमा बसेको छ । दुवै पाप ग्रहमा रहेकाले वर्षभरी नै अशुभ रहेको उनको भनाई छ ।
उनले पञ्चांगको निर्णयअनुसार वार्षिक भविष्यफल लेखिसकेको जानकारी दिँदै थपे, ‘यो वर्ष जनताले दुःख पाउने देखिन्छ ।’
बैशाखजस्तै असार, भदौ र मंसिर महिना पनि मंगलबार सुरु भएका छन् । समितिले पात्रोमा लेखेको छ, ‘पाँच मंगलले नराम्रो अवस्थाको संकेत गर्छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses