प्राविधिकले ठीकै छ बस्नुस् भनेको घर भुइँचालोले गर्ल्यामगुर्लुम ढलेपछि
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
ओखलढुंगा हर्कपुर २ का लक्ष्मण खड्का विगत तीन वर्षदेखि साबिकको दुवाकोट १ स्थित पाँचतले घरको सटरमा किराना व्यवसाय चलाउँदै आएका थिए। उनी बसेको घर दुई वर्षअघि स्थानीयले लहानका हरिनारायण चौधरीलाई सबा दुई करोड रुपैयाँमा बेचेका थिए। खड्काको कबलसँगै अर्का एक व्यक्तिले औषधिपसल राखेका थिए।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त घरको भित्तोमा बाहेक अन्य स्ट्रक्चरल क्षति पुर्याएको थिएन। भूकम्पपछि स्थानीय राजनीतिक दलका नेतासहित जिल्ला प्राविधिक कार्यालयको टोली आएर उक्त घरको प्राविधिक जाँच गरेको थियो। खड्काका अनुसार टोलीमा आएका इन्जिनियरले घरको भित्ता मात्र चर्केकोले बस्न हुने सल्लाह दिएपछि खाली गराइएको घरमा पुनः बसोबास थालिएको थियो।
महाभूकम्पपछि गत वैशाख २९ गतेको पराकम्पनको एकै धक्काले उक्त पाँचतले घर गल्र्यामगुर्लुम ढल्यो। मैले १५ सेकेन्डमा घरभित्र रहेका ८१ वर्षीय हजुरबुबालाई बाहिर निकाल्न सकें खड्काले भने, एक सेकेन्ड ढिलो भइदिएको भए हजुरबा, अन्य दुई साथी र पत्नीसहित म त्यहीं सिध्दिने रहेछु।
इन्जिनियरजस्तो मान्छेले भनेपछि होला भनेर आफूले ढुक्क भएर महाभूकम्प गएको चार दिनपछि फेरि पसल चलाएको खड्काले बताए। पसल चलाउन योग्य छ छैन भनेर मैले प्राविधिकलाई सोधेको थिएँ खड्काले भने, भित्ताको मात्र क्षति हो पिलर केही भएको छैन ढुक्क हुनुहोस् भने।
ुमंगलबार भूकम्प आउँदा घरमा म, पत्नी, साथी र हजुरबुबा थियौं। जमिन हल्लाउन थाल्यो, हजुरबुबालाई तानें। १५ सेकेन्डको बीचमा सडकमा आउँदाआउँदै गल्र्यामगुर्लुम्म ढलिल्योु, खड्काले सुनाए, १५ सेकेन्डबीचमा बास पड्केझैं घर खस्यो, भएको सम्पत्ति, लगानी जति सबै गयो, मेरो त उठिबास नै लाग्यो।
उनले पसलामा दस लाख रुपैयाँको लगानी गरेका थिए। चौधरीले उनलाई घरको रेखदेख गर्ने जिम्मा दिएका थिए। घर भत्केर कोठाका सामान, किराना पसल र औषधिहरू सबै थिचेर नष्ट भएको उनले सुनाए। चाँगुनारायण नगरपालिका १३ मा पर्ने यो घरको विवरण संकलन गर्न नगरपालिका र जिल्ला प्रशासनबाट एक टोली आएका थिए। टोलीमा सर्वदलीय प्रतिनिधि, प्रशासन र प्राविधिक आएको उनले बताए। अन्नपूर्ण पोष्ट लेख्छ, १२ गतेको भूकम्पपछि पिलरका चारै सुर फुटाएर हेरे, केही भएको छैन भनेका थिए उनले भने, आज प्राविधिकको भर पर्दा सर्वस्व गयो। धन्य ज्यानचाहिँ जोगियो।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses