पालभित्र व्यभिचार भसक्कै
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं - भूकम्पको त्रासका कारण घरबार उठिबास भएर खुला चौरमा रात बिताउन बाध्य रहनुपरेका बेला पालभित्रसमेत विकृति बढ्न थालेको छ ।  यस क्रममा राति डर भगाएर घुप्लुक्क निदाउने भन्दै मदिरा पिउनेहरुको सँख्या बढ्दो छ भने मातेर लुगा फाल्ने केटीहरु पनि भेटिएका  छन् । यही मौकामा बलात्कार गर्न तम्सनेहरुसमेत फेला परेका छन् ।

अाइतबार दिउँसो ४ बजे मध्य बानेश्वरको भेनस हस्पिटल अगाडी ग्यास खोज्न जाँदा सिलिण्डर नपाएपछि नजिकैको चिया पसलकी साहुजीकी छोरी समात्न खोज्ने चैनपुर ९ संखुवासभाका चन्द्र सत्याल खोरमा पुगेका छन् । ‘तिम्रो फेसबुक अकाउन्ट छ कि छैन,’ भन्दै जीउतिर हात लम्काउन थालेपछि पीडित चिच्याएकी थिइन् । लगत्तै टोल छिमेक भेला भएर ती केटालाई झ्याप्पझुप्प पारेका हुन् ।

मिनरल वाटरको बोलतमा भोड्का हालेर पालमा छिर्ने, अर्काका जवान छोरी भएतिर चियाउने मुन्द्रे केटाहरु त कति कति ।   यसबीच आइतबार दिउँसो शान्तिनगर गेटनजिक नशामा फिट्टु भएका दुई वटी युवती भूकम्प पीडित ठिटी हिमा र सुष्मा भुजेललाई पनि प्रहरीले उठाएको छ । आमाचकारी गाली गर्ने, जिउका बस्त्र फुकालेर फाल्ने क्रम बढेपछि दुई वटै हात पछाडि लगी हत्कडी कसिएको छ र तिनका प्रत्येक हर्कतलाई भिडियोमा कैद गर्न थालिएको छ ।


भूकम्पको बेला पनि केटाहरुले मापसे गर्ने र तास खेल्ने खर्च कताबाट जुटाउँदा हुन्, अचम्म छ । शनिबार दिउँसो पेप्सीकोला र जडीबुटी बीच भूकम्पको धक्काबाट बच्चनका निम्ति निर्मित अस्थायी टहरामा मार्रा मार्रा भन्दै जुवा खेलिरहेकाहरु पनि समातिनेमा परेका छन् । तिनीहरु भक्तपुरका विनोद गेलाल, नैकापका विजय खत्री, ललितपुर लाकुरी भञ्ज्याङका राजु तामाङ, सिन्धुपाल्चोकका सुजन श्रेष्ठ र रमेश खत्री ओखलढुंगाका बुद्धिमान राई हुन् । उनीहरुको खालबाट ९८ हजार ५० रुपैयाँ बरामद भएको बुझिएको छ । आरआर स्कुलअगाडि पनि मोटरसाइकललाई रक्सीको बोतलले हान्ने केटाहरु कानुनको पञ्जामा परेका छन् ।

 भूकम्पको कारण हनुमानढोकास्थित जिल्ला प्रहरी कार्यालय र उपत्यका केरकार टेकुमा सरेका छन् तर त्यहाँ पनि थुनुवा राख्ने ठाउँ नभएपछि भृकुटीमण्डपस्थित पुलिस क्लबको हलमा राख्ने गरिएको छ । बीचमा ग्याप राखेर केटा र केटीलाई दुई वटा कुनामा थुन्ने गरिएको निरिक्षणका क्रममा पाइएपछि आइजिपी उपेन्द्रकान्त अर्यालले ‘यस्तो लाजमर्दो काम पनि गर्न मिल्छ ?’ भन्दैं एसएसपी उत्तम कार्कीको सातो टिपेका छन् । ‘व्यावहारिकता, प्रचलन, संस्कृति र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्नू’ भन्दै अर्याल कडकिएका हुन । अाजको जनअास्थामा खबर छ ।  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses