बाबुराम रोएको तस्विर सामाजिक सञ्जालमा भाइरल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१४ जेठ
काठमाडौं, एमाओवादी  बरिष्ठ नेता बाबुराम भट्टराइ सरल र जनशैली अपनाउने नेताको रुपमा चिनिन्छन् ।  विनाशकारी भूकम्पपछि  गोरखामा निरन्तर क्रियाशिल बनेका उनको एक तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एक वृद्ध महिलाको दुवै गालामा हात राखेर निकै भावुक मुद्रामा देखिएका उनको तस्विर निकै चर्चामा छ ।
फोटा पत्रकार प्रकाश तिमल्सेनाले कान्तिपुर दैनिकका लागि खिचेको सो तस्वीर कान्तिपुर दैनिकमा प्रकाशित छ ।
फेसबुकमा उनको प्रसंशा गर्दै शब्द खर्चिनेहरुको घुँइचो नै छ । ‘नेता होस त बाबुराम जस्तोपो ।’ बाबुरामको सोहि तस्वीर सार्वजनिक गर्दै सामाजिक सञ्जाल फेसबुकमा दोर्जे लामा योन्जन लेख्छन् ‘भित्रै मन देखि सलाम छ बाबुराम सरलाई ।’
सुदुरपश्चिम साझा दलित मञ्च लेख्छ ‘बाबुराम निर्विकल्प नेता हुन् न गगनसँग तुलना हुन्छ न अरु कसैंसँग त्यसैले अरुसँग तुलना नगर्दै राम्रो होला ।’


आफ्नो फेसबुक पेजमा हुम सुनारी मगर लेख्छन्‘व्यक्तिगत स्वार्थ र समृद्ध चाहन्थे भने उनि आज शेष घले र उपेन्द्र महतो भन्दा कम धनादय हुदैनथ्यो होला। उनिसँग बोर्ड टपेका प्रमाणपत्रहरू छन् ।
आर्केटेक्चरल जस्तो बिषयमा विद्यावारिधि गरेका छन्। जागिर मात्रै गर्न चाहे पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उनको मासिक तलब मात्रै ५० देखि ६० लाखसम्म सजिलै पाउने व्यक्ति हुन्।
तर, व्यक्तिगत स्वार्थ र समृद्ध उनले चाहेनन् । सिङ्गो राष्ट्रको समृद्ध चाहे उनले। उनले अवसर पाए भने राष्ट्र निर्माण र विकास गर्न सक्ने व्यक्ति रहेछन् भन्ने उनको जम्मा १८ महिने सरकारको नेतृत्व गर्दा आम नेपाली जनताले देखेका छन्।
तर, उनलाई अवसरबाट बञ्चित गराइएको छ। उनि अहिले भूकम्प प्रभावित स्थानहरूमा गएर अहोरात्र खट्दैछन्। यो तस्बिरले प्रष्ट पारेको छ उनि देश र जनता प्रति कति चिन्तित छन्। सेतोलाई कालो हो भनियो भने नियत माथि शंका गर्नु पर्ने हुन्छ। तर, धेरै छन् सेतोलाई कालो साबित गर्न खोज्नेहरू हाम्रो समाजमा।’
तस्विरः इकान्तिपुरबाट साभार
खबर डबली बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses