एकाबिहानै भूकम्पका चार धक्का : काठमाडौँ केन्द्रबिन्दु भएको भूकम्प गयो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ जेष्ठ १४ बिहीवार


काठमाडौं केन्द्र भएको एक परकम्प
काठमाडौं : बैशाखका दुई ठूला भूकम्पयता परकम्पन जाने क्रम जारी छ । बिहीबार बिहानै चारवटा परकम्पन गएका छन् । बिहान ३ बजेदेखि साढे ५ बजेको बीचमा ४ वटा धक्का महसुस भएको हो ।

बिहान ३ बजेर ७ मिनेटमा गोरखा र धादिङको सिमाना भएको ४ म्याग्निच्यूटको परकम्पन गएको थियो ।

त्यसैगरी बिहीबार बिहानै ३ बजेर ४० मिनेटमा पुनः गोरखा र धादिङ केन्द्र भएको ४ म्याग्निच्यूटको धक्का महसुस भयो ।

त्यसपछि ५ बजेर १२ मिनेटका अर्को परकम्पन गयो । ४ म्याग्निच्यूटको यो परकम्पनको केन्द्रबिन्दु काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसलगत्तै ५ बजेर ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युटको अर्को भूकम्पको धक्का महुसस भयो ।

बिहानै गएका परकम्पनले काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट र रसुवासहितका जिल्ला हल्लाएको थियो ।

बुधबार दिउँसो पनि दुर्इवटा परकम्पन गएका थिए । ठूला धक्का नगएका हुने नआत्तिन भूकम्प मापन केन्द्रले सर्वसाधरणलार्इ आग्रह गरेको छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses