‘न कोही रह्यो, न केही रह्यो, न बाँच्न सक्छु, न मर्न सक्छु, म कहाँ जाउँ हजुर ?’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
शर्मिला मोक्तान । मांखा १, सिन्धुपाल्चोक । अघिल्लो वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण उनले आमा, भाई र बुहारी गुमाईन् । अनि, वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा उनले अर्को भाइलाई गुमाउँनु प¥यो । भूकम्पका कारण आफन्तसँगै उनले घरवास पनि गुमाइन्, संसारमा उनको न केही रह्यो, न कोही रह्यो ? उनी भन्छिन्, न बाँच्न सक्छु, न मर्न सक्छु ।
भूकम्पपछि उनको गाउँ सिन्धुपाल्चोकको मांखास्थित टोप्कामा लगातार सुख्खा पहिरो खसिरहेको छ । जहाँको जमिनमा ठूलाठूला धाँजा फाटेको छ । जसकारण गाउँमा छाप्रो बनाएर वस्नसक्ने अवस्था समेत नभएपछि उनी अहिले राजधानी आएर भक्तपुर सल्लाघारीको चउरमा त्रिपाल टाँगेर वसेकी छिन् ।
यहाँ यसरी वस्दा पनि भक्तपुर प्रशासनले बेलाबेलामा दुख दिने गरेको र ठाउँ छाड्न धम्की दिने गरेको भन्दै शर्मिलाले दुखेको पुखेसो पोखिन् । भन्छिन्, यहाँबाट उठेर म कहाँ जाउँ हजुर ?
शर्मिला मात्रै होइनन्, सिन्धुपाल्चोकका करिब ११ सय परिवार कुनै पनि हालतमा गाउँमा वस्न सक्ने अवस्था नभएपछि राजधानी आएर यसरी चउरमा त्रिपाल हालेर वसेका छन् ।
भक्तपुरको सल्लाघारी, बोडे, काठमाडौंको थली, जोरपाटी, मुलपानीलगायतका विभिन्न स्थानमा रहेको खुला चउरमा अहिले सिन्धुपाल्चोकका भूकम्पपीडित नागरिक आश्रयस्थलको खोजीमा छन् । काठमाडौंका विभिन्न चउरहरुमा विश्थापित जीवन भोगिरहेकाहरुमा सिन्धुपाल्चोकको तातोपानी, फुल्पिङकट्टी, मार्मिङ, जलबीरे, भोताङ, बरुवालगायतका गाउँका छन् । उनीहरु आफूलाई गाउँमै वस्न मन भएको तर त्यहाँ पहिरोका कारण कुनै पनि हालतमा वस्न सक्ने अवस्था नभएकोले काठमाडौं आउँन परेको वताउँछन् ।
राहत दिनेले गाउँमा नै लैजाने, तर यहाँ कसैले पनि राहतस्वरुप केही नदिएकाले बिहानबेलुका हातमुख जोर्न समेत मुस्किल भएको उनीहरुको दुखेको छ । खुला चउरमा पाल टाँगेर वस्दा पनि काठमाडौं र भक्तपुर प्रशासनले दुख दिने गरेकोमा उनीहरुले आक्रोश पोखेका छन् ।
काठमाडौंमा विश्थापित जीवन भोगिरहेका सिन्धुवासीको समस्या बुझ्नका लागि मंगलबार जिल्लाका नेताहरु उनीहरु वसेको विभिन्नस्थानमा पुगेका थिए । नेताहरुसँग उनीहरुले आफ्नो दुखेको पोखेका छन् ।
भूकम्पका कारण विश्थापित जिल्लावासीसँगको भेटपछि नेकपा एमालेका नेता अमृतकुमार बाहोराले सकेसक्म छिटो उनीहरुलाई आफ्नै जिल्लाको सुरक्षित स्थानमा फर्काउँन आफूले सक्दो पहल गर्ने वताएका छन् ।
त्यस्तै, एमालेका अर्का नेता अरुण नेपालले पनि जिल्लावासीलाई जिल्लाकै सुरक्षित स्थानमा पुनर्वास गर्नु पर्ने र त्यसका लागि आफूले सरकारलाई दबाब दिन जे पनि गर्न सक्ने वताएका छन् ।
यसरी सिन्धुपाल्चोकसँगै देशका विभिन्न जिल्लाका भूकम्पपीडामा परेका नागरिक अहिले घरबारविहीन भएका छन् । भूकम्पकाकारण पहिरो खस्ने समस्या बढेपछि धेरै गाउँमा छाप्रो हालेर वस्न सक्ने स्थिति समेत छैन । उनीहरुको दीर्घकालिन पुनर्वासका लागि सरकारले यथाशिघ्र प्रभावकारी योजना बनाएर, त्यसको कार्यान्वायन गर्नु पर्दछ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses