अमेरिकामा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने हल्लाले आतंक
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१४ जेठ, एजेन्सी ।

नेपालमा भूकम्प जाने क्रम जारी रहेको समयमा अमेरिकाको क्यालिफोर्नियामा पनि भूकम्प जाने हल्लाले मानिसहरु आतंकित भएका छन् । क्यालिफोर्नियामा भोलि दिउसो ४ बजे भूकम्प आउने हल्ला फैलिएपछि मानिसहरु आतंकित भएका हुन

एक अध्यनकर्ताले जारी गरेको भिडियोका कारण अमेरिकामा हंगामा गरेको हो । अहिले सम्म उक्त भिडियो ५ लाख भन्दा बढी मानिसले हेरिसकेका छन् ।

यद्यपी संसारभरीका भूगर्भविदहरुले भने उनको दावीलाई वाइहात भनेर हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । आफ्नो २८ मिनेट लामो भिडियो सन्देशमा हुगरविट नामका ती अध्येताले जापानमा समेत सुनामी आउने भविष्यवाणी गरेका छन् ।

सौर्य प्रणालीको अध्यन गर्दा अमेरिकामा ९ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउने उनको दावी छ । गत महिना नेपालमा आएको भन्दा निक्कै शक्तिशाली भूकम्प अमेरिकामा आउने दावी उनले गरेको डेली मेलले जनाएको छ ।

क्यालिफोर्नियामा २८ मेका दिन ९ दशमलव ८ रेक्टर स्केलको भुकम्प आउने उनको दावी छ ।

अमेरिकी भौगर्भिक विभागले भने उक्त क्षेत्रमा आगामी तीन दशक सम्म ठूलो भूकम्प आउने खतरा केवल ४ दशमलव ७ प्रतिशत मात्र रहेको बताएका छन् ।
स्रोत - नेपाली हेड लाईन 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1 comments

आदरणीय महानुभावहरुलाई हार्दिक नमस्कार हामीले ताजा खबर छिटो समाचार नया पुराना हरेक प्रकारका गीतहरु र अनलाइन रेडियो लिएर आएका छौ . तपाईहरुको सहयोग र सत्भावको आशा राख्दै हाम्रो page www.facebook.com/janahitkhabar like गर्नुहुन र www.janahitkhabar.com हेर्नु हुन् अनुरोध छ
Thank You

Write Down Your Responses