मंगलबारको भूकम्पमा परी २९ जनाको मृत्यु
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१ हजार १ सय १७ जना घाइते

मंगलबारको भूकम्पमा भत्किएको सिन्धुपाल्चोकको एक घर । तस्विर : मकर श्रेष्ठ
काठमाडौ, वैशाख २९ - मंगलबारको भूकम्पमा परी २९ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर १ हजार १ सय १७ जना घाइते भएका छन् ।

यसअघि बैशाख १२ गते गएको भूकम्पमा परी मर्नेको संख्या ८ हजार नाघिसकेको छ ।

मंगलबार १२:५० मा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हा ।

भूकम्पमा परी सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses