आजको भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८ पुग्यो (अपडेट)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ बैशाख २९ मंगलवार
काठमाडौं : मंगलबार मध्यान्ह गएको भूकम्पमा परेर देशभरी ३८ जनाको ज्यान गएको । भूकम्पले दोलखामा मात्रै २२ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी सिन्धुपाल्चोकमा ६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी रामेछापमा २ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पले सिन्धुलीमा २ जनाको ज्यान गएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकामा ४ जनाको मृत्यु भएको छ।
सुनसरीमा एकजनाको भूकम्पमा ज्यान गएको खबर छ । त्यसैगरी धनुषा, रौतहट, सर्लाही र गोरखामा पनि एक एक जनाले ज्यान गुमाएका छन्
भूकम्पबाट अहिलेसम्म ११ सय जना घाइते भइसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
अन्नपूर्ण पोष्ट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses