धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर अर्को परकम्प
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेष्ठ ८ शुक्रबार
काठमाडौं : शुक्रबार दिउँसो धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर अर्को भूकम्पको गएको छ ।
बैशाखमा आएका दुर्इ ठूला भूकम्पपछि आइरहेका परकम्प अझै रोकिएका छैनन् । दिउँसो २ बजेर ४५ मिनेटमा ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
सो भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा र रसुवासम्म महसुस भएको थियो । यो धक्काबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।
बिहीबारमात्रै ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses