मंगलबारको शक्तिशाली भूकम्पलाई कसरी लिने ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ वैशाख २९ गते १ डा अम्बरिश पोख्रेल
बिश्वको अधिकारिक अनुसन्धान संस्था त्यसको होमपेजमा अब ठूलो भूकम्प आउँदैन भनेर लेखेको छैन । त्यसैले सबै भूगर्भबिद्ले अब ठूलो भूकम्प आउँदैन भनेका थिएनन् ।
मंगलबार फेरि हाम्रो देश नेपालमा पुनः भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । गत बैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनमा पुनः ७.४ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन् ।
मंगलबार दिउँसो पौने १ बजे करिब आधा मिनेटसम्म भूकम्पको धक्का महसुस भएपछि जनजीवन थप त्रसित बनेको छ । आजको भूकम्पले जीर्ण बनेका घर तथा संरचनाहरु थप भत्किएका छन् । धेरैको क्षति भएको अनुमान गरिएको छ । भूकम्पको केन्द्रबिन्दु दोलखाको सुनखानी भएको बताइएको छ । पहिलो ठूलो धक्का लगत्तै चार पटकसम्म लगातार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट कति क्षति भयो थप विवरण आउन बाँकी छ ।
हामीले भन्दै आएका छौँ कि ठूलो झड्का आउँदै छ भन्ने कुरा सिधा नबुझौँ । त्यो नआउन पनि सक्छ । आउन पनि सक्छ । त्यो त केवल सम्भाबनाको कुरा हो । त्यो आउने प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रतिशत मात्र छ । विचार गर्नुस् नआउने ९० प्रतिशत छ । कुन ठूलो हो ? त्यो १० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ । जस्तैः अझ हामी सबारी साधन प्रयोग गर्दा पनि त्यो १० प्रतिशत हुने गर्छ ।
अब के भोलिदेखि गाडी नचढ्ने त ? मारिने भइयो भनेर यात्रा गरुन्जेल रुँदै यात्रा गर्ने ? त्यसैले हामी धेरै हतास हुने समय हैन यो । होसियारी भने लिने गर्नुपर्छ । यहि कुरा हामीले पहिला पनि लेखेको हो । अहिले पनि त्यही नै हो । आउँदा दिनहरुमा पनि त्यो सम्भावना सँधै रहने छ । हामी बिपत्तिबाट डराउने हैन कि बच्ने उपायको खोजी गर्नु उत्तम बिकल्प हो । त्यो बिकल्पमा उभिनु नै अहिलेको लागि र पछिको लागि ढुक्क हुने आधार हो । त्यसैले त्यो १० प्रतिशतको पछि लगेर धेरै डराउने गर्नु हुँदै हुदैन । त्यसैले कमनसेन्सको प्रयोग गरेर हामीले धैर्यता लिनु जरुरी छ । यसको मतलब हामीले मतलब नगर्ने भन्ने हुँदै हैन ।
बिश्वको अधिकारिक अनुसन्धान संस्था र त्यसको होमपेजमा अब ठूलो भूकम्प आउँदैन भनेर लेखेको छैन । त्यसैले सबै भूगर्भबिद्ले अब ठूलो भूकम्प आउँदैन भनेका थिएनन् ।
लेखक मौसमविद् हुन् ।
दैनिक नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses