अपडेट : पराकम्पका कारण ४५ जनाको मृत्यु / हजार भन्दा बढी घाईते
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बैशाख २९, काठमाडौं 

सिन्धुपाल्चोक र दोलखाको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज ६ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ । दिउसो १२ बजेर ५० मिनेटमा सो पराकम्प गएको हो । आजको पराकम्पले मुलुकका विभिन्न स्थानमा थप जनधनको क्षती भएको छ । आजको भूकम्पकबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । सबैभन्दा बढी दोलखामा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीमध्ये चरिकोटबाट २ वटा शव निकालिएको छ ।
यस्तै, काठमाडौंमा ४, सिन्धुपाल्चोकमा ९, सर्लाहीमा १ र धनुषामा २ जनाको मृत्यू भएको छ । यस्तै,गोरखा सिन्धुली र रामेछापमा २/२ जनाको मृत्यू भएको छ । यस्तै, ललितपुर, र सुनसरीमा १/१ जनाको मृत्यू भएको छ । गोरखावाट हाम्रा संवाददाता सुदिप कैनीका अनुसार ताकुकोट–५ की ६५ बर्षिय धनमाया खनखवासको घरको धन्सार भत्किदा मृत्यू भएको हो । घाईते ५ जनाको गोरखा अस्पतालमा उपचार भईरहेको छ ।
सुन्दरीजलकी साबित्री श्रेष्ठको उपचारका क्रममा मृत्यू भएको हो । टेकुमा एक बालक सुनिल जैसवालको र नर्भिकमा उपचार हुदाहुदै एक व्यक्तिको मृत्यू भएको हो । आजको भूकम्पवाट झण्डै हजार भन्दा बढी घाईते भएका छन् ।
काठमाडौंमा घाईते भएका ७ सय भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । उपत्यका बाहिर सयौंको संख्यामा घाईते भएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses