यस्ता घर बनाए भूकम्पबाट सुरक्षित भइन्छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २३ वैशाख । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट नेपालमा करिब साढे सात हजारको नागरिकको मृत्यु भइसकेको छ । त्यो आकँडा १० हजार पुग्ने बताइएको छ ।
यी निर्दोष नागरिकले ज्यान गुमाउनै एउटै कारण अव्यवस्थित बसोबास हो । जहातही घर बनाएर अव्यवस्थित बसोबासले हजारौ नागरिकको ज्यान गएको सहरी विकास मन्त्रालयको तथ्याङ्क छ ।
अव्यवस्थित बसोबासको सहर काठमाडौंमा भूकम्पले अधिकांश घरमा क्षति समेत पुर्याएको छ । १४ हजार नागरिक घाइते भएका छन् । भूकम्पबाट ठुलो क्षति भएपछि अहिले चौतर्फी घर कस्तो बनाउने भन्ने विषयमा चर्चा भइरहेको छ ।
यस्तो बेला इन्जिनियरहरुले भूकम्प प्रतिरोधात्मक पर्यावरणीय घर बनाउन सरकारलाई सुझाव दिएका छन् । राजधानीमा निर्माण गरिएको अधिकांश अपार्टमेण्टको सट्टा सरकारले एकतले पर्यावरणीययुक्त भूकम्प प्रतिरोधात्मक घर बनाएर नागरिकलाई सहुलियतमा सेवा दिन उनीहरुबाट सुझाव आएको छ ।
जसले आम नागरिकलाई भूकम्पबाट सुरक्षित राख्ने बताइएको छ । यो प्रस्तावमा सहरी विकास मन्त्री नारायण खड्काले सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा पनि यस्तो प्रकारको घर निर्माण गर्न सरकारलाई दबाब आएको छ ।
काठमाडौंमा अब प्रत्येक ८ दशकको बीचमा भूकम्प आइरहने भएकाले एकैपटक सरकारले भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेर देश र जनतालाई बचाउनुपर्ने इन्जिनियर विकास श्रेष्ठको भनाई छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses