भारतीय सम्पादक भन्छन्, ‘ भूकम्पमा भारतले गरेको सहयोग मिडियाको चर्तिकलाले स्वाहा भो’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

(भारतको चर्चित हिन्दी पत्रिका आउटलुकका सम्पादक नीलभ मिश्रले भारतीय मिडियाले नेपालको भूकम्पको रिपोर्टीङका क्रममा गरेका हरकतले प्रधानमन्त्री नरेन्द्र मोदीको धज्जी उडाएको टिप्पणी गरेका छन् । उनलेअनलाई संस्करणमा गरेको टिप्पणी यस्तो छः–

0धूत्र्याइँले हरेक समयमा काम गर्दैन । प्रधानमन्त्री नरेन्द्र मोदीको छवि प्रचार गर्दै हिड्ने भारतीय सञ्चारमाध्यमहरुलाई नेपालको भूकम्पमा उनीहरुको कस्तो मूल्यांकन भयो त्यो सम्भवतः बुझे । खासगरी भारतीय उद्धार टोलीको अस्वभाविक विदाइ, भारतीय मिडियाप्रति नेपालका जागरुक मध्यमवर्गको आक्रोश, उत्तरप्रदेश, बिहारले केन्द्र सरकारसंँग राहतमा गरेको प्रतिस्पर्धा, र बिहारका मुख्यमन्त्री नीतीशकुमारलाई राहतसहित जनकपुरधाम जान रोक्ने केन्द्र सरकारको निर्णयले निरर्थक टकराव उत्पन्न गरेको छ । यो तथ्यलाई मोदी सरकार टाढा भयो भने उसको प्रचारनीतिले भविष्यमा अझै माथ खाने छ ।


प्रधामन्त्रीको छविलाई मलजल गर्न अमेरिकी प्रचारप्रणालीबाट प्रशिक्षित यी भारतीय मिडियाहरु नेपालको विपदसम्म खुबै उचालिए । प्रधानमन्त्री मोदीको हरेक विदेश नीति पहिले अनौठो भन्दै यीनीहरुले प्रचार गरे । टेलिभिजनहरुका लागि विदेशनीति सम्बन्धि सामग्री आफ्नो जटिलता र दीर्घकालीन प्रशंगबाट हटाएर गतिशील रुपमा प्रस्तुत गरे । टेलिभिजनका क्यामेराहरु क्षणिक र अप्राशंगिक दृश्यहरुलाई कैद गर्छन् । यीनकै आधारमा मूलुकमा बहस पनि हुने गर्छ ।


प्रधानमन्त्री मोदी जुन जुन मूलुकको भ्रमणमा जान्छन्, त्यहाका प्रवासी भारतीयहरुलाई भेला गरिन्छ, मोदीको जयजयकार गरेको दृश्य खिच्न यी टेलिभिजन सधै तत्पर भएर खडा हुन्छन् । मोवाइलबाट सेल्फी लिने यो जमानामा कुनै त्यस्तो युवा हुँदैन जो उज्यालो अनुहार लगाएर हात हल्लाउँदै गरेको दृश्य ठूलो स्क्रिन भएको प्लाज्मा टिभीमा देखियोस् ।


यसको फाइदा टेलिभिजनका प्रबन्धकहरुले लिन्छन् । प्रधानमन्त्री मोदीको छवि चम्काएर भारतीय दर्शक खुसी हुन्छन् भन्ने उनीहरु सोच्दछन् । नयाँ अनुभव बुझ्न र विश्लेषण गर्न केही समय लाग्छ । यहि कारण मोदीको जयजयकारको ठेक्का लिएका मिडिया प्रबन्धकहरुले यो धूत्र्याइँ यसबीच खुबै गरे ।

भियतनामको तस्बिर राखेर नेपाली भूकम्पपीडित बनाउँने  प्रचारको धूत्र्याइँले नेपालीहरुको राष्ट्रिय स्वाभिमानमा ठोस नपुर्याए के पुर्याउँछ ?
तर कष्टमा परेका मानिसहरु सरल हृदयमा भरिएको करुणा र सान्त्वनाको स्पर्शका भोका हुन्छन् । धूत्र्याइबाट प्राप्त हुने आत्मरतिले त्यस्तो शोकमा परेका मानिसहरुको घाउमा नुन छर्के जस्तो हुन्छ । भारतीय टेलिभिजन च्यानलहरुले नेपालीहरु भारतीय च्यानल हेर्छन् र बुझ्छन् भन्ने उनीहरुले बिर्सिए । नेपालमा बस्ने भारतीयहरुले नेपाल सरकार मुर्दावाद मोदी जिन्दावाद भन्छन् । भियतनामको तस्बिर राखेर नेपाली भूकम्पपीडित बनाउँने  प्रचारको धूत्र्याइँले नेपालीहरुको राष्ट्रिय स्वाभिमानमा ठोस नपुर्याए के पुर्याउँछ?


भारतीय राहत र बचाउ दलले नेपालमा केही राम्रा काम पनि गरे होलान् तर भारतीय मिडियाको प्रचार धूत्र्याइँले त्यसलाई धोइपखाली नामेट पारिदीयो । अहिले भलै सरकारले नेपालबाट भारतको मात्रै होइन अन्य देशका उद्धारकर्मी पनि फर्किरहेका छन् भनेर बचाउ गर्ला तर नेपाल सानो छ, उ धेरै कुरामा भारतसँग निर्भर छ, यस्तो देशले भारतसँग आँखा जुधाएर धेरै भन्न नसक्ला । यसैले नेपालले आफ्नो राष्ट्रिय स्वाभिमानलाई कोमल कुटनीतिको सहाराले अभिव्यक्त गर्छ ।


उत्तरप्रदेश र बिहारसँग नेपालको नजिकको सम्बन्ध छ भन्ने केन्द्र सरकारले बुझ्नु पथ्र्यो । सरकारले यी दुवै राज्य र त्यहाँका मुख्यमन्त्रीको सहयोग लिनु पथ्र्यो । किनभने नेपालसम्म राहत पुर्याउँन यी दुई राज्यबाट छिटो र सरल हुन्थ्यो । ती राज्यबाटै धेरै राहत सामग्री जुटाउँन सकिन्थ्यो । ती राज्यहरुसंग नेपालको भावनात्मक र सांस्कृतिक निकटता पनि छ । यो सबै उपेक्षा मोदीका प्रचारक मिडियाहरुले गरिदिए ।


यसले एउटा नयाँ राजनीतिक चुनौती मोदी सरकारले मोल्दै छ । केन्द्र सरकारले पठाएका भारतीय फौज र राहत सामग्री काठमाण्डुकै आसपासमा केन्द्रीत भयो तर राज्यहरुबाट गएका राहत गाउँगाउँसम्म पुग्यो । नीतीशकुमारका लागि यो वर्ष चुनावी वर्ष हो । उनले चुनावमा कुनै जसल लिन नपाउँन भनेर नै जनकुर जानबाट केन्द्र सरकारले रोकेको हो । जनकपुर माता सीता र जनकको गृहनगर मान्ने गरिन्छ । पुरै उत्तरबिहारका लागि जनकपुर एक पबित्र भूमि हो, जनकपुरसँग बिहारका नागरिकको भावनात्मक सम्बन्ध छ । नीतीशकुमारलाई त्यहाँ जानबाट रोकेर भाजपाले आफनो हिन्दु रणनीतिमा आफैले आफ्नो खुट्टामा बञ्चरो हानेजस्तो भएको छ ।
kathmandutoday बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses