नेपालमा महाभूकम्प जाँदा कहाँ हराए प्रशान्त तामाङ ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
- सुरज भण्डारी२०७२ वैशाख २४गते
‘भोट फर प्रशान्त तामाङ, प्रशान्त तामाड नेपालको शान’ भनेर बुटवलको विभिन्न चोकहरुमा उनका लागि भोट गर्नका आर्थिक संकलन गरिएको अहिले झलझली सम्झना आइरहेको छ । उनलाई सन् २००७ को इन्डियन आइडल वनाउन एउटा तामाड सपोर्ट गु्रप नै खडा भएको थियो त्यो बेला । महिनौंसम्म आर्थिक संकलन अभियान चलाएर उनलाई जिताउन भारतको गोरखपुरसम्म पुगेर एसएमएस गरिएको थियो । उनलाई जिताउन बुटवलवाट मात्र कहाँ हो र ? राजधानी काठमाडौंदेखि देशका अन्य मुख्य शहरहरु पुरै तातेको थियो । इन्डियन आइडल चलिरहँदा नेपाली शहर निदाएको थिएन । ढाका टोपीमा सजिएका, नेपाली भाषी उनीप्रति नेपाली सद्भाव हुनु त्यो स्वभाविक नै थियो, भारत दार्जिलिडका प्रशान्तको इन्डियन आइडलमा प्रतिनिधित्व र उनको इन्डियन आइडल उपाधिले नेपाली भाषी गर्वित हुनु पनि अन्यथा थिएन । उनको उपाधि यात्रामा नेपालीको साथ रहेको थियो, त्यो उनले पनि उपाधि लिँदाको क्षणमा नै आफै स्वीकारेका थिए । उपाधि पछिको उनको पहिलो नेपाल यात्रा, बुटवलको कालिका उच्च माविको प्रांगणमा भएको कन्सर्टमा लागेको भीडले नेपालीको तामाड इन्डियल आइडल बन्दाको खुसी प्रष्ट्याइरहेको थियो । पछि तिनै तामाड गायकवाट नायक भए, नायक बन्दा पनि नेपालीले उनीप्रति उत्तिकै सद्भाव जनाइरहे ।
नेपाल आज रोइरहँदा भारतीय टेलिभिजनका रियालिटी शोको विजेता बनाउन तम्सिएका हामी नेपालीप्रति ती बिजेताहरुले के गर्नेछन् ,त्यो घडीको प्रतिक्षा गर्ने समय हो यो । प्रशान्त तामाड हुन् या अरु कोही जसलाई हामीले जिताउन भरमग्धुर कोसिस गर्यौं आज कहाँ छन् उनीहरु ?
तमाड वा नेपाली भाषी अथवा अन्य जो सुकै कलाकारप्रति नेपालीको सम्मान सदैव उचो रहँदै आएको छ । नेपालमा केही महिना मात्र अघि आएका अक्षय कुमार हुन् या शाहरुख खान अथवा आमिर खान नै किन नहुन ? हरेकप्रति नेपालीले उच्च माया दर्शाइरहेका छन् । आतंकवादी संगठनका व्यक्ति लुकेर बसेको स्थान देखाउन नेपालमा चलचित्र बेबी सुटिङ गर्न आएका अक्षयकुमारलाई हेर्न एयरपोर्टदेखि सुटिङस्थलसम्म लागेको भिड होस् या नेरोल्याक पेन्टस्को बजार प्रबद्र्धनमा आएका शाहरुख खानका लागि नै किन नहोस् अथवा नेपाली शान पारस खड्कालाई होच्याइएको युनिसेफको कार्यक्रममा आएका आमिर खानलाई हेर्न नै किन नहोस्, नेपालीले कलाकारप्रतिको सम्मानमा कुनै कमी राखेनन् र भारतीय कलाकारले पनि नेपालमा रहँदा नेपाली र नेपालको खुवै प्रशंसा गर्ने नै गर्दछन् । भारतका तत्कालिन सांसद समेत रहेका गोविन्दले नेपाललाई आफ्नो दोस्रो भूमिकै रुपमा लिएको ठान्छन्, श्रीमती नेपाली मुलकी भएकाले उनी नेपाल ससुराली देश हो भन्न पनि पछि परेनन् नेपालमा आउँदा ।
बलिउडका हस्तीहरु मात्र होइन भारतीय टेलिभिजन सिरियलहरुमा खेल्ने कलाकारले समेत नेपालमा आउँदा उच्च मान पाइरहेका हुन्छन् । पछिल्लोपटक नेपाल आएका कलाकार मुकेश खन्नाले त एउटा कार्यक्रमको प्रमुख अतिथि नै भएर उद्घाटन नै गरे । नेपाल आउने क्षेत्रीय चलचित्रका कलाकारले समेत नेपालीको माया पाइरहेका हुन्छन्, भोजपुरी कलाकारलाई ल्याएर समेत नेपालका धेरै भारतीय सिमावर्ती शहरहरुमा कार्यक्रमहरु हुने गर्दछन् ।
नेपाल आज रोइरहँदा भारतीय टेलिभिजनका रियालिटी शोको विजेता बनाउन तम्सिएका हामी नेपालीप्रति ती बिजेताहरुले के गर्नेछन् ,त्यो घडीको प्रतिक्षा गर्ने समय हो यो । प्रशान्त तामाड हुन् या अरु कोही जसलाई हामीले जिताउन भरमग्धुर कोसिस गर्यौं आज कहाँ छन् उनीहरु ? इन्डियन आइडल बनेका तामाडदेखि पछिल्लोपटक जी टिभीबाट प्रसारित कार्यक्रमबाट डान्सिड आइडल वनेकी नेपाली चेली तेरिया मगर जस्ताको हात अहिले देशले खोजिरहेको छ । उनीहरुप्रति यो कुनै कटाक्ष नभई नेपालीप्रति कर्तव्य पराणेताको बेला आएको स्मरण गराउन चाहेको हुँ । कलाकार ब्यक्ति मात्र होइन्, एउटा अभियानको अभियन्ता पनि हुन्, हो त्यो अभियानको खाँचो छ, जसले पीडामा रहेका नेपालीप्रतिको सद्भाव झल्काउन सकोस्, आशा छ त्यो अभियानको सुरुवात हुनेछ । पात्र भन्दा प्रवृत्ति महत्वपूर्ण हो, आज तामाड छन् भोलि अरु हुन सक्छन्, हामीले कलाकारको सम्मान गर्दै आएको छौं, गर्नु पनि पर्दछ तर हामीप्रतिको स्नेहपनको अनुभुतिको पनि हामीले हेक्का राख्नुपर्दछ ।
dainiknepal बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses