भूकम्पको त्रासले गाउँ फर्केकी युवतीको बसमै बलात्कार
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काँकडभिट्टा

– गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरस्थित घर हिँडेकी उनलाई झापामा बस चालक र कन्डक्टरले बलात्कार गरेका हुन् । पीडितको उजुरीका आधारमा चालक मेचीनगर ११ का देवेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राउ गरिएको डीएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ना४ख ७२४२ नम्बरको बस झापास्थित चार आली–चन्द्रगडी सडक खण्डको सहीद चोक पुगेपछि उनीहरुले बलात्कार गरेको कान्तिपुर दैनिकमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses