दोलखालार्इ केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
०७२ जेष्ठ २ शनिबार
काठमाडौं : नेपालमा शनिबार दिउँसो फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ५ बजेर १८ मिनेटमा भूकम्पको कडा धक्का महसुस भएको थियो ।
दोलखालार्इ केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुुस भएपछि परेवासहितका चराचुरुङ्गी उडेका थिए ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका भोजपुर, खोटाङ र सुनसरीसहितका जिल्लामा पनि महसुस भएको थियो । शनिबार मात्रै नेपालमा ५ वटा चार म्याग्निच्यूटमाथिका भूकम्पको धक्का महसुस भइसेकको छ ।
0 comments
Write Down Your Responses