यात्रुसहितको भ्यान पहिरोमा पुरियो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पाल्पा : सिद्धार्थराजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको शिद्धबाबा मन्दिरनजिकै पहिरो खसेर यात्रुसहितको भ्यान पुरिएको छ ।
पाल्पाको दोभान–५ मा पर्ने सो स्थानमा गुडिरहेको लु १ ज २७० नम्बरको भ्यानमाथि खसेको ढुंगे पहिरोमा चारजना परिएका हुन् ।
बुधबार अपरान्ह ५ बजेको समयमा पुरिएको भ्यानमा सवार चार यात्रुमध्ये दुईलाई जीवितै उद्धार गरी उपचारका लागि बुटवल पठाइएको छ ।
अहिले पनि पहिरोमा चालकसहित दुई जनाको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरोमा पुरिएका दुई जनाको उद्धारका लागि बुटवलबाट डोजर झिकाई जीवितै बाहिर निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
-annapurnapost.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses