काठमाडौं उपत्याका एक वर्ष सम्म संकटग्रस्त क्षेत्र
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
३१ जेठ, काठमाडौं ।
सरकारले काठमाडौं उपत्याकालाई थप १ वर्ष सम्म संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज विहान बसेको मन्त्रीपरिषद बैठकले यस्तो घोषणा गरेको हो । काठमाडौै उपत्याकाका काठमाडौं, ललितपुर र भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । यी क्षेत्रमा सबै श्रोत परिचालन गरी पुनःनिर्माणका लागि यस्तो घोषणा गरिएको हो ।
त्यसैगरी मन्त्रीपरिषदले भूकम्पबाट विनाश भोगेको देश पूननिर्माणमा विदेशबाट सहयोग जुटाउन गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेलाई विशेष दुत नियुक्त गर्ने निर्णय पनि गरेको छ । यो निर्णयसँगै शेष घले अन्तराष्ट्रिय सहयोग जुटाउनका लागि प्रधानमन्त्रीका विशेष दुत बनेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses