२२ सेकेन्डअघि भूकम्पको वार्निङ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

४ असार, काठमाडौं ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।

चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्‍याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिनेछ । नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ ।

नास्टका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलका अनुसार भूकम्प आउनुअघि जानकारी दिने यो प्रणाली नेपालमै पहिलो पटक ल्याइएको हो । ‘सुरुमा चिनियाँ सहयोगका ८० सेन्सर राखेर काम सुरु हुनेछ, देशभर राखन ३२० सेन्सर चाहिन्छन्, जुन नास्टले नै किन्नपुपर्नेछ’, उनले भने । आजको कारोबारमा खबर छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses