काठमाडौंमै सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भक्तपुर, १ असार । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा स्थानीय बासिन्दा र माइती पक्षले कारबाहीको माग गर्दै आज महानगरीय प्रहरी परिसर घेराउ गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ झौखेलकी सविना न्यौपानेको सोमबार विष सेवनबाट मृत्यु भएपछि आज छिमेकी र माइती पक्षले किटानी जाहेरी दिँदै प्रहरी परिसर घेराउ गरेका हुन् ।

स्थानीय महिलावादी सङ्घसंस्था, छिमेकी र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका –३ नयाँबस्तीका काफ्ले माइती पक्षले श्रीमान् सुरेशे, ससुरा शिप्रसाद, सासू माइली, माइती बस्दै आएकी आमाजू सङ्गीता खतिवडा तथा सङ्गीताका श्रीमान् रञ्जितको मिलेमतोमा हत्या गरिएको आरोप लगाएका छन् ।
कारबाहीको माग गर्दै परिसर घेराउ गरेपछि सयाँैको सङ्ख्यामा रहेका स्थानीयवासी तथा माइती पक्षले झौखेलबाट दुवाकोटसम्म नाराबाजी गर्दै पदयात्रा गरेका थिए ।
सोमबार दिउँसो विष सेवन गरे पनि परिवारले साँझ ५ बजेमात्रै भक्तपुर अस्पताल ल्याएको र भक्तपुर अस्पतालले काठमाडाँै मेडिकल कलेज पठाएपछि त्यहीँ उनको मृत्यु भएको थियो ।
‘मलाइ यातना दिनेहरूलाई कारबाही भए मात्रै मेरो आत्माले शान्ति पाउँछ” भन्ने अन्तिम वाक्य लेखिएको १७ पेज लामो कागज अस्पतालमा चिकित्सकले मृतकको काखीमुनि भेटेपछि त्यही आधारमा प्रहरीले सोमबार नै उनका श्रीमान्लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
विसं २०६८ माघ २६ गते मागी विवाह गरेदेखि नै दाइजोका रुपमा जग्गा माग गर्दै पटक पटक यातना दिँदै आएको आरोप सविताका दाजु लक्ष्मण काफ्लेले बताउनुभयो । मृतककी दिदी शोभा रिजालले विवाहमै सपरिवारलाई दाइजो माग गरेर दबाब दिएपछि मागअनुसार दाइजो दिइए पनि विवाह गरेको तीन महिनादेखि नै दाइजो पुगेन भनेर यातना दिने गरेको दोषारोपण गर्नुभयो ।
यसअघि पनि पटक पटक घरमै कुटपिट गर्ने, यातना दिने गरेपछि स्थानीय महिला समूहले घरमा मिलाइदिने गरेको बताउँदै छिमेकी मदन पुडासैनीले कुटपिट गरेपछि सविता पटक पटक भागेर छिमेकीको शरणमा आउने गरेको जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले किटानी जाहेरी परेको बताउँदै शव परीक्षण प्रतिवेदन आएपछि थप कारबाही अगाडि बढाइने जानकारी दिनुभयो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses