नचाहिँदो काम गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले हप्काएपछि मृदुला रातोपिरो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बुधबार, जेठ २७,
प्रधानमन्त्री सुशील कोइरालाको एक सल्लाहकारले राजनीतिक भूमिका निर्वाह गर्न खोज्दा कोइरालाबाट निकै नराम्रोसँग खप्की खानुपरेको छ । एमाले अध्यक्ष केपी ओलीले सुशील कोइरालालाई बिदा गरी नयाँ राष्ट्रिय सरकार गठन हुनुपर्ने भनी सार्वजनिक रुपमै आफ्नो धारणा प्रस्तुत गर्नुभएपछि स्वयम् कोइरालामा भन्दा उहाँको वरिपरि बस्नेहरुमा ज्यादा छटपटी पैदा भयो । यसक्रममा अवैतानिक सल्लाहकार रहेकी मृदुला कोइरालाले सरकार बचाउनका लागि केपी ओलीलाई सम्झनुपर्ने ठानिन् र टेलिफोन गरी ओलीसँग भेटेका लागि समय मागिन् ।

त्यसरी प्रधानमन्त्रीकी सल्लाहकारले समय मागेपछि ओलीले समय दिन कञ्जुस्याइँ गर्नुभएन, गत साता आफ्नै निवास बालकोटमा मृदुलालाई बोलाएर उहाँले भेटवार्ता गर्नुभयो ।

मृदुलाले संविधान बनाएर सुशील दादाले तपाईँलाई पद हस्तान्तरण गर्न चाहेको बताएपछि ओलीले पनि आफ्नो धारणा स्पष्ट रुपमा राखिदिनुभयो । यदि प्रधानमन्त्री कोइराला संविधान बनाएरै पद त्याग गर्ने सोचमा रहनु भएको भए आफू संविधान बनाउन हरतरहले लागि पर्ने भनाइ ओलीले मृदुलासमक्ष राखिदिनु भएको थियो ।

ओलीसँग भेटिसकेपछि बालुवाटार फर्केर मृदुलाले केपीसँग भएका कुराकानीबारे प्रधानमन्त्रीलाई जानकारी गराइन् । संकटका बेला यसरी राजनीतिक भूमिका निर्वाह गरेकोले सुशील कोइरालाबाट ठूलो स्याबासी पाउने अपेक्षा मृदुलाले राखेकी थिइन् । तर प्रधानमन्त्री उल्टै जंगिए । तिमीलाई कस्ले पठाएर ओलीसँग भेट गर्न गएको भनी प्रधानमन्त्रीले रिसाएर प्रश्न गरेपछि मृदुला रातोपिरो भइन् ।

उनीमाथि प्रधानमन्त्रीले नचाहिँदो काम गरेको आरोप लगाए । त्यसै पनि आफ्ना वरिपरिकाहरुबाट उपेक्षा र अपमान व्यहोर्दै आएकी मृदुलालाई सबैका अघिल्तिर प्रधानमन्त्रीले हप्काएपछि मृदुलाले निकै चित्त दुःखाएकी छिन्, तर आफूलाई चित्त दुःखेको कुरा बिसाउने ठाउँ नपाएर मृदुला यतिबेला थप दुःखी बनेकी छिन् । घटना र विचार साप्ताहिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses