crime,
Feature
»
फाँसीमा चढ्नुअघि आफन्तलाई भेट्दा यसरी रोएका थिए याकूब, सबैसँग मागे माफी
फाँसीमा चढ्नुअघि आफन्तलाई भेट्दा यसरी रोएका थिए याकूब, सबैसँग मागे माफी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १४ साउन । विहीबार विहान फांसीमा चढाइएका मुम्बई हमलाका दोषी याकूब मेमनले एक दिन पहिला आफ्ना नजिकका आफन्तसँग भेटघाट गरेका थिए । त्यो क्रममा उनी खुब रोएका थिए । उनी आफन्तलाई देख्ने वित्तिकै अंगालो हाल्दै रुँदै गर्थे । सायद यो दुनियाँमा त्यो अन्तिम भेट भएर होला उनी हरेक आफन्तलाई भेट्दा त्यसैगरी रुन्थे । उनले त्यो दिन करिब २५ जना आफन्तलाई भेट्दै रुँदै गरेर विताएका थिए । त्यस्तै, फांसीभन्दा पहिला अन्य कैदीहरु जेलका सुरक्षाकर्मीसँग पनि उनले रुँदै माफी मागेका थिए ।

उनले ‘यदि म बाट केही गल्ती भएको भए माफ गरिदिनु ।’ खबरअनुसार जून वार्डमा याकूबलाई राखिएको थियो, त्यहाँ एक महिला कैदीसहित १५ कैदी राखिएको थियो । अन्तिम रात याकूबलाई एक्लै छाड़ेर बाकी कैदीहरुलाई अन्य वार्डमा सारियो । ताकि उनी आत्महत्या गर्न नसकुन । फाँसीभन्दा एक दिन पहिला याकूब आफ्ना भाई सुलेमानसँग भेट गरेका थिए । त्यो बेला उनका आँखाबाट आशुको धारा बगेको थियो । फांसीभन्दा पहिला याकूबले आफ्ना कैदी साथीसँग भेट गरेका थिए । त्यहाँ खटिएका जेलकर्मीसँग पनि उनले यदि कुनै प्रकारको गल्ति म बाट जानि नजानि भएमा माफ गरिदिनु होला । त्यसपछि उनलाई निर्धारित नियमअनुसार फांसीमा चढाइयो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses