एक मिनेटमा १३४ पटक खुट्टाले टाउँको छोएर नेपाली युवकले बनाए विश्व रेकर्ड
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: नेपाली युवक पुष्कर नेपालले एक मिनेटमा १ सय ३४ पटक खुट्टाले टाउँको छोएर विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । 'गिजिन वल्र्ड रेकड्स'का अनुसार उनले एक मिनेटमा १ सय ३४ पटक खुट्टाले टाउँको छुन सफल भएका हुन् ।
यस अघि एक मिनेटमा १ सय २७ पटक खुट्टाले टाउँको छोएर अमेरिकाका जोएल लायनडेर्करले विश्व रेकर्ड राखेका थिए । अमेरिकी जोएलको रेकर्ड तोड्न पुष्करले ठुलै मेहनत गरेको बताएका छन् । रसियन समाचार साइट आरटीमा उनले भनेका छन् '८/९ महिनाको कडा अभ्यासपछि सो रेकर्ड राख्न सफल भएको छु ।'
उनले भनेका छन् 'रेकर्ड राख्ने क्रममा घाइते पनि हुनसक्ने भन्दै परिवारका सदस्य एवं साथीभाई चिन्तित भएका थिए, तर मैले सकुसल रेकर्ड राख्न सफल भए ।' गएको डिसेम्बरमा नेपालले सो रेकर्ड राखेको भएपनि यो साता मात्रै गिनिज वल्र्ड रेकड्सले प्रमाणित गरेको हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses