यसै वर्षदेखि तेस्रो विश्वयुद्ध, २७ वर्षसम्म मारकाट !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


August 18, 2015
एजेन्सी । के नास्त्रेदमशको एक अर्को भविष्यवाणी साँचो हुने समय आएको हो । तेस्रो विश्वयुद्धको कारण आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) बन्छ ।
के यसैवर्ष तेस्रो विश्वयुद्ध । के अबको २७ वर्ष मारकाट र २०४२ मा संसारको अन्त्य हुन्छ ? ‘एक्सप्रेस हट को डट युके’ को रिपोर्ट अनुसार ‘नास्त्रेदमस २२४२’ वेबसाईटले १६ औ शताब्दीमा जन्मिएका नास्त्रेदमसको भविष्यवाणीको आधारमा यस्तो दावी गरेको हो ।

उनको निधन १५६६ मा फ्रान्समा भएको थियो । उनले प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, नेपोलियन, हिटलरलाई लिएरसमेत भविष्यवाणी गरेका थिए ।
उनले नेपोलियन र हिटलरलाई पहिले क्राइस्ट विरोधी र तेस्रो तथा अन्तिम क्राइस्ट विरोधीको उत्थान मेसोमोटामिया (आधुनिक इराक–सीरियां) बाट हुने बताएका थिए ।
उनले नेपोलियन र हिटलरले संसारका धेरै भूभागमा रगत बगाउने भविष्यवाणी गरेका थिए । आखिर सत्य त्यही सावित भयो । नेपोलियनले युरोपभरी हिंशा मच्चाए र फ्रान्सको साम्राज्यको विस्तार गरेका थिए भने हिटलरले पनि यस्तै नरसंहार मच्चाएका थिए ।
अब के आइएस तेस्रो विश्वयुद्धको कारण भएर जन्मिएको हो ? यही भविष्यवाणीलाई आधार बनाएर इतिहासकार तथा विशेषज्ञले यसैवर्ष तेस्रो विश्वयुद्धको थालनीको दावी गरेका छन् ।
साथै अबका २७ वर्षसम्म हिंशा फैलने र २०४२ सालमा संसारको अन्त्य हुने उल्लेख गरेको एक भारतीय अनलाईनले उल्लेख गरेको छ । सोही भविष्यवाणी जस्तै आइएसआइएसले उत्तर अमेरिका, युरोप, भारतसहित दक्षिण एसिया उपमहाद्विप समेत कब्जा गर्ने आंकलन गरिएको छ ।
यस्तो रिपोर्ट आएको थियो कि आईएसले इराकको मोसुल शहर कब्जा गरेका बेला युनिभरसिटी अफ अल–मोसुलबाट ४० किलोग्राम युरेनियम प्राप्त गरेको थियो ।
नास्त्रेदमसको भविष्यवाणीका बारेमा वेबसाईटले नास्त्रेदमसले यसले शैतानी शक्तिको प्रतिक कालो रंग बताएका थिए । अहिले आईएसको झण्डाको रंग पनि कालो छ भने लडाकुले पनि कालै लगाउँछन् । तर नास्त्रेदमसका हवाला दिँदै तेस्रो विश्वयुद्धको भविष्यवाणी गरिएको यो पहिलो पटक भने होइन ।
यसअघि पनि सद्दाम हुसेन र ओसामा बिन लादेनका क्रियाकलापलाई लिएर यस्तै भविष्यवाणी गरिएको थियो । त्यतिमात्रै होइन सन् १९९९ मा नै तेस्रो विश्वयुद्ध सुरु हुने दावी समेत नगरिएका होइनन् ।
सोही विश्लेषणलाई आधार मान्ने हो भने व्यापक हिंशाका २७ वर्षको दौरानमा २०२६ मा परमाणु हतियारका कारण समाप्त हुन्छ । नास्त्रेदमसको लेखनका शोधकर्ताका जोन हगका अनुसार नास्त्रेदमसले आइएसका बारेमा सही भविष्यवाणी गरेका थिए ।
उनले इराकबाट अमेरिकामाथि हुने दखलका बारेमा पनि भविष्यवाणी गरेको हगको दावी छ । उनले साढे चार शताब्दीपछि आधुनिक जिहादी फौजले मेसोपोटामिया (इराक–सिरिया) कब्जा गरेको उनको विश्लेषण छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses