कहिलेसम्म खेल्ने मध्यपश्चिममा कबडी र खुनको होली ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

जीवन बिसी
‘तिम्रो बिचारप्रति म सहमत छैन तर तिमीले आफ्नो बिचार राख्न पाउनु पर्छ भन्ने कुरामा म सधै लडिरहने छु’ विश्वब्यापी चर्चित यो भनाई अहिले मध्यपश्चिममा लागु भएको छ । सीमांकनसहित ६ प्रदेशको निशाना मध्यपश्चिम परेपछि विचारमा सहमत नहुनेहरु पनि आन्दोलनमा छन् । थरि थरिका बिचार, थरि थरिका भौगलिक स्वार्थका कारण सिंहदरवारको मानसिकता खलबल्लिएको छ । हिंसात्मक प्रबृतिको मनोरोगीलाई उपचार न सिंहदरवारले खोजेको छ न त खोज्ने प्रयत्न नै भएको छ ।

नेतादेखि सवै तहका ब्यक्ति स्वार्थको रनमैदान बन्दैछ मध्यपश्चिम । तर पनि सिंहदरवारलाई न चासो छ न चिन्ता । इन्तु न चिन्तुको अवस्थामा चार भाई पलेटी कसेका छन् । जनता मर्दैछन उनीहरुलाई कुनै मतलव छैन । मध्यपश्चिमकै भोटबाट प्रधानमन्त्री बनेका सुशील कोइराला भन्दैछन् ‘मध्यपश्चिमको आन्दोलन संविधान विरोधी आन्दोलन हो’ मध्यपश्चिकै एमाले कार्यकर्ताको भोटबाट पार्टी अध्यक्ष बनेका केपी ओली भन्दैछन् ‘कसैलाई विसन सुकाउन घाम चाहिएको छ, कसैलाई धान रोप्न पानी, सवैको चाहना समेटन सकिँदैन ।’ मध्यपश्चिमलाई नै जनयुद्धको थलो बनाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दैछन् ‘धमिलो पानीमा माछा मारेर देशलाई अन्धकारमा धकेलिदै छ ।’
मध्यपश्चिमलाई टुक्रा पारेपछि मध्यपश्चिमका हरेक जिल्लामा आन्दोलन भइरहेको छ । कतिपय जिल्ला अन्य जिल्लालाई दास बनाउने मनोबिज्ञानबाट हिडेका छन् भने कतिपय जिल्ला प्रदेशको राजधानी बनाउने कवडी खेल खेल्दैछन् । दाङ र सुर्खेतको कवडी खेलमा जुम्ला, जाजरकोट, सल्यान र रुकुम प्रताडित भइरहेका छन् । तरपन्,ि सिहंदरवारका चारभाई सत्ताको आशमा मिठो निन्द्रा सुतिरहेका छन् ।
सुर्खेतमा ज्यान गुमाएका तीन नागरिकको चित्कार शिर्ष नेताका बैरीकानमा परेको छ । तरपनि सुन्न उनीहरु चाँहदैनन् । दोषभरी त्यसक्षेत्रका सभासद् र नेताहरुमाथी थोपरेर पानीमाथी ओभानो बन्दैछन् । सहायक दोष दोस्रो वा तेस्रो तहका नेता कार्यकर्ताको होला तर मुल दोष राज्य सञ्चालनको सिंहासनमा बसेका चार भाई कै हो ।  एउटै जिल्लामा दुई थरी आन्दोलन भइरहेका छन् । आन्दोलनका चरित्र कतै शान्ति र भद्रपूर्वक छ भने कति उराजक र हिंस्रक छ । हँ एउटा सत्य के हो भने हिंसा रोज्नेले संसार जित्ने दावी गर्छ तर जहिले पनि उ पराजयको पात्र हुन्छ ।
कोही अखण्ड मध्यपश्चिम नभएर नबाँच्ने, कोही जिल्ला होइन सिमित क्षेत्रको स्वार्थ पुरा गर्न सडक नछोडने । आन्दोलनको निकास के ? आफ्नो अनुकुल भएपछि मात्र सरकारी कार्यालय तोडफोड रोक्ने ? युद्धमा सवैभन्दा बढि खुन बगाएको क्षेत्रमा फेरी खुनको होली खेल्ने ? यो अधिकार ठुलो स्वरमा चिच्चाउने र मध्यपश्चिमलाई फेरी बिभेदमा पार्नेसँग छैन । संघिय संरचना देश गएपछि आफ्नो अनुकुल पर्ने क्षेत्र रोज्न पाउने जुनसुकै जिल्लाका नागकिरको अधिकार छ । तर जवरजस्ती ‘म जहाँ छु त्यही आ’ भन्ने दास मनोबृत्ति तत्काल आन्दोलन पक्षले छोडनु पर्दछ । सवैलाई स्वतन्त्रताको हक र अधिकार छ ।
मध्यपश्चिम क्षेत्रमा तीन ठुला शहर छन्, बाँके, सुर्खेत र दाङ । यी तीन सहर अन्य कुनै सहरभन्दा कमजोर छैनन् तरपनि यी क्षेत्रलाई पाखा लगाउने काम शिर्ष नेताहरुबाट भएको छ । त्यसकै नतिजा हो मध्यपश्चिम आन्दोलन । संघियतामा क्षेत्र जिल्ला, गाविस र गाउँसम्म राजनीतिक संरचनामा फेरबदल हुन सक्छ तर त्यो नागरिकको मनोइच्छामा भर पर्छ । जवरजस्ती लादेर निकास होइन युद्ध हुन्छ ।
अखण्डको माग पनि मध्यपश्चिमका सन्र्दभमा नाजायज छैन । हिमालमा गादो लगाने दाईले पहाडमा टोपी लगाउने दाईलाई, पहाडमा टोपी लगाउने दाईले तराईमा धोति लगाने दाइसँग मितेरी गाँसेको छ । राजनीतिक बिभाजनबाट यो मितेरी नटुटोस भन्ने अखण्डबादीको मुद्दा पनि जायज छ । तर यसो गर्दा कुनै जिल्ला वा क्षेत्रलाई समस्या पर्छ भने ती जिल्ला र क्षेत्रका बासिन्दाको चाहना अनुरुप अर्काे क्षेत्रमा समाहित हुनु पाउनु पर्दछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses