२७ वटी श्रीमतीका एक्ला श्रीमान्, भन्छन् - '२४ वटी त अर्कैसँग गए !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

योगेन्द्रकुमार जोगी, संखुवासभा, २८  असार, 'दुईटीको पोई कुना बसी रोई' भन्ने नेपाली उखान छ । यो कथन मात्र नभएर सत्य नै हो । 'एउटा थाप्लोमा दुईटा नाम्लो' भनेजस्तै एकपछि अर्को गर्दै श्रीमती भित्र्याउनेहरुको जीवन सकसपूर्ण हुन्छ अपवादलाई छाडेर । तर संखुवासभाका एक व्यक्तिले २७ वटा श्रीमती ल्याइसके पनि अझै बिहे गर्ने धोको नपुगेको बताउँछन् । बहुविवाहको कानुनी व्यवस्थालाई चनौती दिँदै रामचन्द्र कटुवाललाई २७ वटा श्रीमती ल्याएर पनि अझै बिहे गर्ने धोको मरेको छैन । सदरमुकाम खाँदबारी स्थित ढोलबाजे निवासी

कटुवालले २७ वटी श्रीमती भित्र्याए । भित्र्याएकामध्ये २४ वटीले उनलाई छाडे, एउटीलाई उनले छाडे, एउटी बितिन् र कान्छी उनीसित छिन् । सोझा तथा मिझासिला स्वभावका रामचन्द्र कटुवाल खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहेका छन्  । कपाल सेतै फुल्दै गएका कटुवालको जवानीमा निकै उताड चढाव आएको  उनी बताउँछन्  । खाँदबारी र तुम्लिङ्टार बजार आसपासका ठाउँमा भारी बोकेर जीवन चलाउँदै आएका उनले अहिलेसम्म २७ वटी श्रीमती बिहे गरेको बताए । ६ दशक काटिसक्दा पनि विवाह गर्न नछोडेका उनी  भन्छन् 'अब त कस्ले पत्याउँछ र ? २७ वटी ल्याएँ, कमाएँ खुवाएँ अहिले सबै मलाई छोडेर गइसके, यति बेला त मैले देखेँ भने पनि चिन्दिन कुनै कुनै श्रीमतीलाई ।' 'कुनै समयमा २७ वटी श्रीमतीका श्रीमान् भनेर ख्याती कमाएका रामचन्द्रको अहिले भने घरमा एउटी मात्र श्रीमती छ' उनले गुनासो गर्दै भने । 'भगवान' रामचन्द्रले जस्तो बल्लकी एउटै स्वास्नी सीता रावणबाट खोस्न लगाएर, फिर्ता लिएनन् उनले । बरु गएकालाई कहिल्यै खोजेनन् र अनेकौं कन्या र अर्काकीसमेत भित्र्याउँदै गए । अहिलेसम्म २७ वटी ल्याएर दुर्लभ रेकर्ड कायम गरेका छन् यिनले । 'यस्तै भो, गर्दैजाँदा ख्याल ख्यालमै २७ जना पुगेछन् । कसरी त्यति धेरै पट्याइयो भनेर मान्छेहरु प्रश्न गर्छन्, भन्न पनि लाज मर्दोछ' उनी सुनाउँछन् । २७ वटीमा कति जातका परे त श्रीमतीहरु भन्ने प्रश्नमा उनले भने  'सन्नेसी, क्षेत्री र बाहुन नै धेर परे तर तामाङ, गुरुङ, राई, लिम्बू पनि गरिएछ ।' धेरै चाहिँ सन्नेसी कै छोरी परेको उनले बताए । सोझा तथा मिझासिला स्वाभावका कटुवाल खाँदबारी बजारमा सबैका हाई हाई पात्र रहँदै आएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses