नेपालमा देखा परयो दुवै फोक्सो बिगार्ने नयाँ रोग ..
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

, काठमाडौँ ।

दुवै फोक्सो काम नलाग्ने बनाउने पानीबाट सर्ने लिगिनायर्स नामक नयाँ रोग देखा परेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार रोगको संक्रमण फैलिन नदिन किटाणुमुक्त पानीको व्यवस्था नभएसम्म पानीका फोहोरा बन्द गर्न सर्वसाधारण र संघसंस्थालाई आग्रह गरेको छ।


उक्त रोग काठमाडौं कालीमाटीका दुईजना पुरुषमा देखिएको महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले बताए। बल्खुस्थित बयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो। लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटक-पटक जाँच गरेका थिए। रोग पुष्टि हुन नसकेपछि ललितपुरस्थित संयक डाइग्नोसिस सेन्टरमा जाँच गर्दा उनीहरूलाई लिगिनायर्स रोग लागेको प्रमाणित भएको थियो। रोग पुष्टि भएलगत्तै अस्पतालका चिकित्सकले महाशाखालाई खबर गरेका थिए।




केही महिनायता पोर्चुगलमा लिगिनायर्सको प्रकोप फैलिँदा ११ जनाको ज्यान गइसकेको छ। त्यहाँ यसबाट पीडित करिब चार सयजना अस्पताल भर्ना भएका छन्।

यो दुवै फोक्सो काम नलाग्ने अवस्था उत्पन्न हुने रोग हो।  रोगको रोकथाममा विशेष ध्यान दिन सबै अस्पताल र होटेललाई आग्रह गर्दै महाशाखाले विज्ञप्तिमार्फत यस्ता बिरामीलाई छुट्टै आईसीयू र वार्डमा भर्ना गर्न पनि अस्पतालहरूलाई अनुरोध गरेको छ।

मरासिनीका अनुसार पानीबाट मानिसमा सर्ने गरेको यो रोग धूमपान गर्ने र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा देखापर्ने गरेको छ। यो रोग लागेपछि सुरुमा रुघा लाग्ने र बिस्तारै ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो ह्रुने, पखाला लाग्ने, अचेत हुनेजस्ता लक्षण देखिन्छन्, आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।
यो रोग नेपालमा पनि देखिनुको कारण पत्ता लगाउन बिरामीलाई निगरानीमा राखेर थप अनुसन्धान भइरहेको बताए। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses