Feature,
News
»
३ सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप
३ सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Published On: August 26, 2015
काठमाडौं, ९ भदौ । थारू सभासद्ले प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई भेटेर सेना परिचालन रोकेर राजनीतिक रूपमा थारूहरूको माग सम्बोधन गर्न आग्रह गरेका छन् । आजको नया पत्रिका दैनिकमा खबर छ ।
मंगलबार विभिन्न पार्टीका थारू सभासद्ले प्रधानमन्त्री सुशील कोइराला, संवैधानिक राजनीतिक संवाद तथा

सहमति समितिका सभापति डा. बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले उपाध्यक्ष भीम रावललगायतलाई भेटेर राजनीतिक रूपमा आफ्ना माग सम्बोधन गर्न आग्रह गरे । ‘सेना परिचालन गर्नुपर्ने अवस्था थिएन, किन परिचालन गर्नुभयो भनेर नेताहरूलाई भन्यौँ,’ थारू सभासद् समूहका संयोजक रामजनम चौधरीले भने । उनले थारूको माग राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गर्न आग्रह गरिएको जानकारी गराए । सभासद्हरूले मंगलबार टीकापुरमा थारूको घर छानीछानी जलाउने काम भइरहेको जानकारी गराउँदै रोक्न आग्रह गरेका थिए । सभासद्को कुरा सुनेपछि प्रधानमन्त्रीले गृहमन्त्री वामदेव गौतमलाई टेलिफोन गरी थारू समुदायको घरमा आगजनीका घटना रोक्न निर्देशन दिएका थिए । सभासद्हरूले टीकापुर घटनाको यथार्थ छानबिन गर्नसमेत सरकारसँग आग्रह गरेका छन् । भेटमा प्रधानमन्त्री र एमाओवादी अध्यक्षले थारूहरूको आन्दोलन राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गरिने प्रतिबद्धता जनाएको चौधरीले बताए । ‘प्रधानमन्त्रीज्यू, माओवादी अध्यक्ष र एमाले उपाध्यक्षले राजनीतिक रूपमै समाधान गर्नुपर्छ भन्नुभएको छ,’ भेटमा सहभागी सभासद् अमनलाल मोदीले भने ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses