चीनमा भएको शक्तिशाली विस्फोटमा ४४ मारिए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी : चीनको उत्तरी-पूर्वी शहर तियानजिनमा बुधवार मध्यराति भीषण विस्फोट भएको छ ।

यो विस्फोटमा कम्तिमा पनि ४४ जनाले ज्यान गुमाएका छन् । विस्फोटमा सय बढी घाइते भएका छन् । घाइते भएका धेरै मानिसको अवस्था गम्भीर रहेको छ ।


चीनको सरकारी टेलिभिजनका अनुसार विस्फोट राति ११ बजेर ३० मिनेटमा भएको थियो । यो धमाका विस्फोटक पदार्थ राखिएको अखाडामा भएको हो ।

पहिलो विस्फोटको ठूलो आवाज सुनिएलगत्तै अर्को विस्फोटको आवाज सुनिएको थियो । विस्फोट यति ठूलो थियो कि जसको आवाज कयौं किलोमिटर परसम्म सुनिएको थियो ।

विस्फोटपछि आगोको ठूलो ज्वालाका बीचमा त्यस आसपासमा रहेका घरहरु र मानिस समेत नदेखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्मले जनाएका छन् ।


घटनापछि आगो निभाउन घटनास्थलमा अग्निनियन्त्रकका सयौं गाडी त्यहाँ पुगेका थिए । यो विस्फोटबाट भएको मानवीय र भौतिक क्षतिको विवरण अझै आइसक्न बाँकी छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses