४ महिना पछि २००० करोड कमाउने ११ बलिउड फिल्म
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाली चलचित्र जगतमा ‘लुट’ फिल्म रिलिज भएपछि निकै फरक धारका फिल्महरु बन्ने ढोका खुल्यो। हिन्दी अनि अङ्ग्रेजी फिल्मका नेपाली दर्शकलाई पनि नेपाली फिल्मतर्फ चासो देखाउने वातावरण बनेसंगै नेपाली फिल्मले केही बढी चर्चा र दर्शक पाउने गरेको छ। यद्पी बलिउडका र हलिउडका ‘एनिमेशन’ र ‘एक्सन’ले भरिपुर्ण फिल्मको चासो भने नेपाली दर्शकमा कम छैन। यो कुरा बाहुबली र बजरंगी भाइजानको रिलिजसंगै नेपाली दर्शकमा बढेको चासो देख्दा थाह पाउन सकिन्छ। अनि ‘थ्री डि’ मा रिलिज हुने हलिउडका ‘एनिमेशन’ र ‘एक्सन’ हेर्नेको भिडले दर्शकले नौलोपन खोजेको आभाष हुन्छ। ‘पिक्सार’, ‘डिज्ने’ जस्ता ठुला एनिमेशन कम्पनीहरुले रिलिज गर्ने मनोरञ्जनात्मक, तथा शिक्षाप्रद एनिमेटेड फिल्महरु ‘रियल लाईफ’ फिल्मका कहानी भन्दा उत्कृष्ट अनि परिष्कृत हुदै गएको कसैले नकार्न सक्दैन।
आउँदो ४ महिनामा बलिउडमा ११ यस्ता फिल्म रिलिज हुदैछन् जुन प्रम, रोमान्स अनि विवाह सम्बन्धि कहानीमा केन्द्रित छन्। यी ११ फिल्मको कुल बजेट करिब ७५० करोड भारु हुन आउँछ जसबाट करिब १२५० करोड भारु (करिब २००० करोड नेपाली रुपैया) कमाइ हुने आकंलन गरिएको छ। जसमा सलमान खानको सुरज बरजत्याले निर्देशन गरेको ‘प्रेम रतन धन पायो’ र शाहरुख खानको रोहित शेट्टीले निर्देशन गरेको ‘दिलवाले’ ले व्यावसायिक दृष्टीबाट बढी कमाउने आकंलन गरिएको छ। ‘दिलवाले’को कथा शाहरुखकै चर्चित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट प्रभावित हुने बताइन्छ।
यी दुइ खानका फिल्मले भारतमा मात्र करिब ६०० करोड भारु कमाउने आङ्कलको साथ प्रचार हुदैछ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses