मलेसियाबाट प्रचण्डलाई पूर्वलडाकुको पत्र
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

संसार जित्न हिँडेका हामी आफैंसँग हार्‍यौं
दाङ : उनले आजको मितिमा मलेसियामा हुन्छु भन्ने सपनामा पनि सोचेका थिएनन् रे । ‘कि हार्‍यो अब यही एउटा जीवन, कि जित्यो संसार’ बोलको गीत गाउँदै मृत्युपत्रमा हस्ताक्षर गरी जनयुद्धमा होमिएका उनी आफूलाई मलेसियामा पाउँदा सपना हो कि विपनाजस्तो लाग्छ रे १

बागलुङको गल्कोट घर भएका इन्द्रमणि न्यौपाने “इन्द्रजीत” वैदेशिक रोजगारीका क्रममा हाल मलेसियाको क्वालालम्पुरमा छन् । संविधान निर्माणको प्रक्रिया उत्कर्षमा पुगेका बेला उनले  मलेसियाबाटै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेका छन् ।

जनआन्दोलन र जनयुद्धको उपलब्धी गुम्दै गएको, जनयुद्धका बेला जनतासमक्ष गरेका बाचाहरु नेतृत्वले भुल्दै गएको, आलिशान बंगला, चिल्ला गाडी र सत्ता स्वार्थमा चुर्लुम्म डुबेको र पहिलो संविधानसभाबाट दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका विषय पनि धमाधम उल्टिँदै गएको गम्भीर विषयहरु पत्रमा उठाइएको छ ।

उनले पार्टीका सहकर्मीहरु पाँच चिरामा चिरामा विभाजित भइ झुन्डमा परिणत हुनुमा नेतृत्व अडानबाट चिप्लिएको र चोचोमोचो मिलाउने आसेपासे जिम्मेवार रहेको बताएका छन् ।

आफू एउटा प्रतिनिधि पात्रमात्र भएको बताउने इन्द्रमणिले पत्रको अन्त्यमा अन्नपूर्णकर्मीलाई भनेका छन्, ‘सम्भव भएसम्म अन्नपूर्ण पोष्ट्मा प्रकाशित गरिदिएर अध्यक्ष प्रचण्डको कानसम्मै कुरा पुगोस् ।”


पत्रको पूर्ण अंश

श्रद्धेय अध्यक्ष तथा पार्टी केन्द्रमा रहनुभएका नेतागणहरु !
म पूर्वजनमुक्ति सेनाको तर्फबाट क्रान्तिकारी जोशिलो अभिवादन !
आरामै हुनुहुन्छ । संविधान निर्माणको चटारोमा मेरो पत्र पढ्न त तपाईंलाई समय हुँदैन होला तर पनि फुर्सद मिलाएर पढ्दा राम्रो । संविधान निर्माणको अन्तिम चरणमा तपाईंलाई म एउटा अनुरोध गर्न चाहन्छु । नेपाली जनताको २००७ सालदेखिको संविधानसभाको चाहना अहिले आएर पूरा हुँदैछ ।

यसमा हामीले जनयुद्धताका जनताका नाममा गरेका बाचाहरु यति छिट्टै तपाईँहरु भुल्नुहोला भन्ने मलाई लागेको थिएन तर आज जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्दै गइराखेको छ । २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दाको अवस्था र अहिले हामी भिन्न परिवेश छौं । पहिला भूमिगत थियौं, अहिले शान्ति प्रक्रियाको चरणमा छौं ।

फरक यति हो हामीले जनयुद्धका बेला सर्वहारा जनताको नाममा गरेका बाचाहरु एकपछि अर्को गर्दै तिलान्जली दिँदै गएको मलाई भान भइराखेको छ । यसरी जनताको नाममा गरिएका बाचाहरु भुल्दै जानुले माओवादी पार्टीप्रति नैराश्यता र आस्था गुम्दै गइराखेको छ । परिणाम दोस्रो संविधानसभामा भोगिहाल्नु भयो ।

अझै पनि केही बिग्रेको छैन । जङ्गल पसेकाहरु शहर पसे र उतै आलिशान बङ्गला, चिल्ला गाडीमा र सतास्वार्थमा लिप्त हुनु दुःखको कुरा हो । जनयुद्धका हामीले उठाएका मुद्दाहरुले गर्दा नै जनताले साथ दिएका हुन् । यो हेक्का हुनु जरुरी छ । पहिलो संविधान सभामा गरिएका निर्णयहरु थोरै भएपनि जनताको प्रत्यक्ष सरोकारका बिषयहरु केही भएपनि समेटिने आशा थियो ।

फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनकै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राण दिन तयार हुने घाइतेको बिचल्ली भएको छ ।
दुर्भाग्यवश संविधानसभा नै भङ्ग भयो । मैले भन्न के खाजेको भने हाम्रो नेतृत्व आफ्नो अडानबाट चिप्लियो । त्यसकारण जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्ने अबस्था सिर्जना भएको छ । अडानमा चिप्लिँदा आफ्ना सहकर्मीहरु एकपछि अर्को गर्दै झुण्डझुण्डमा अलग भइ ५ चिरामा विभाजित हुनुमा तपार्इँ र तपाईँको चोचोमा मोचो मिलाउनेहरु जिम्मेवार छन् ।

सेना समायोजनमा लिइएको गलत निर्णयले गर्दा पार्टी विभाजित भयो । सेना समायोजनको बेला म नवलपरासीको झ्याल्टुङडाँडा शिविरमा थिएँ । सेनाको तर्फबाट हामीलाई अपमानित गरियो । बाहिर जाँदा उनीहरुलाई सोधेर जानुपर्ने र हामीलाई नजरबन्द गरे जस्तो महसुस भयो । पछि कुरा उठाएपछि त्यो बन्द भयो । गणतन्त्र नेपाल घोषणा भइसकेको देशमा अन्तरिम संविधानमा उल्लेख भइसकेका र संविधान सभाले स्वामित्व  ग्रहण गरिसकेका बिषयहरु फेरि उल्टिँदै छन् ।


धर्मनिरपेक्षता, शासकीय स्वरुप, आमा वा बाबुको नामबाट नागरिकता पाउने ब्यवस्था, आदिवासी-जनजाति, सिमान्तकृत, थारु, मधेसी मुस्लिम महिला आदिको अधिकारको ग्यारेण्टी नयाँ संबिधानमा हुन्छ कि हुँदैन ? यसैगरी सबै त्याग गर्दै जाने हो भने आगामी १० बर्षमा माओवादीको नामनिसाना मेटिने निश्चित छ ।

नेपालमा जनयुद्ध भए’थ्यो रे भन्ने दिन आउने निश्चित छ । जनयुद्धका हजारौं घाइते-अपांग, बेपत्ताा पारिएका, द्वन्द्व प्रभावित व्यतिहरुको बारेमा नयाँ संविधानमा के सम्बोधन गरिएको छ । मैले एक महिना अगाडि चितवनमा अपाङ्ग जनसेनाको अन्तर्वार्ता स्थानीय एफएममा सुने । उहाँले जनयुद्धमा बेकारमा लडिएछ भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो । उहाँ गाउँमा पुन:स्थापित हुने अवस्था छैन ।

फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनमा नै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राणको प्रवाह नगर्ने जनसेना घाइतेको बिचल्ली भएको छ । साथीहरु न गाउँमा गएर पुन:स्थापित हुने अवस्था छ न त राज्य र माओवादी पार्टीले नै उनीहरुको बारेमा सोचेका छन् ।

त्यसैले नयाँ संविधानमा जनयुद्धका सहिद, घाइते, अपांग र बिस्थापितहरुबारे स्पष्ट व्यवस्था गरियोस् । अर्को कुरा, सङ्गै लडेका तपाईँहरु विभाजित हुँदा जनयुद्ध र जनआन्दोलनका मुद्दा कमजोर भएका छन् । मजस्ता हजारौं कार्यकर्ता अरब र मलेशियामा भौतारिरहेका छौं । जनयुद्धका उपलब्धि रक्षा र जनजीविकाको ग्यारेन्टी नयाँ संविधानमा गरियोस् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses