एसएसपीको अन्तिम विदाई : उर्लियो भिड, थामिएन आँशु
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रकाशित मिति: मंगलबार, भाद्र ०८, २०७२
काठमाडौँः सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीबाट मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
न्यौपानेको शव काठमाडौँ ल्याएपछि महानगरीय प्रहरी वृत्त गौशालामा राखेर श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि उनको शवलाई पशुपति आर्यघाटसम्म शव यात्रा गरेर अन्तिम संस्कार गरिएको हो। न्यौपानेको अन्तिम बिदाईमा हजारौं सर्बसाधरणहरु भेला भएका थिए । यस्तै प्रहरीका उच्च अधिकारी र सेनाका उच्च अधिकारी पनि आर्यघाट पुगेका थिए । आफ्नो सहकर्मीको शव देखेपछि प्रहरी अधिकारीहरुले आशुु थाम्न सकेनन् ।
न्यौपानेको शवमा उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोशराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट गई श्रद्धाञ्जलि अर्पण गरे।
सोमबारको हिंसात्मक झडपमा एसएसपी न्यौपानेसहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । झापा स्थायी घर भएका न्यौपानेकी श्रीमती एक छोरा र एक छोरी छन् ।
कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर पशुपति आर्यघाटतर्फ लगिदै
कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीरमा दागवत्ति दिंदै छोरा सन्देश न्यौपाने ।
0 comments
Write Down Your Responses