रमेश खरेलले भने- मेरो नाममा जथाभावी पोष्ट भयो 'फर्जी फेसबुक बन्द गर्नुस् नत्र कानूनी कारबाही'
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ ८
नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्।
मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक अपिल गर्दै यस्ता फेक फेसबुक पेजहरू कसैले गलत रुपमा प्रयोग गरिरहे कानुन बमोजिम कारबाही हुने बताएका छन्।
हेर्नुहोस् उनले गरेको अपिल जस्ताको तस्तै
मिति २०७२ भाद्र ७ गते मनुवा गा.वि.स. ६ सिमलचौर कैलालीमा अत्यन्त होनहार, बहादुर प्रहरी कर्मचारीहरुले कर्तव्य पालनाको सिलशिलामा सहादत प्राप्त गरेको घटनाले मलाई अत्यन्त दु:खी बनाएको छ।
कर्तव्य पालनामा रत्तिभर विचलित नभई प्राणको आहुती दिने वीर प्रहरीहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु र भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।
नेपाल प्रहरीले यस्तो दुःख बेहोरीरहेको अवस्थामा केही फेसवुक प्रयोगकर्ताहरुले मेरो आधिकारीक फेसवुकमा मेरो फोटो समेत ट्याग गरि आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा मेरो आपत्ति रहेको छ। कानूनी राज्यको अवधारणालाई सहस्त्र शिरोधार्य गरि जनताको जिउ धनको सुरक्षामा अहोरात्र लागि रहने हामी कर्तव्य परायण राष्ट्र सेवकहरुलाई सामाजिक सञ्जालको प्रयोग गरि संगठनमा द्धेष फैलाउने तथा हाम्रो मनोवल गिराउने कार्य कही कसैबाट नहोस भन्ने अनुरोध गर्न चाहन्छु।
यसका अतिरिक्त मेरो नामसँग जोडेर करिब एक दर्जन फेसवुक पेजहरु पनि कसैले गलत रुपमा प्रयोग गरिरहेकोले त्यस्तो कार्य नगर्न समेत म विनम्र आग्रह गर्दछु र अवउप्रान्त यस प्रकारको गैह्र जिम्मेवारीपन प्रदर्शन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारि गराउँदै समस्त फेसवुक प्रयोगकर्ताहरुलाई त्यस्ता पेजहरुमा विश्वास नगर्न हुन समेत अनुरोध गर्दछु।
प्रकाशित मिति: मंगलबार, भाद्र ८, २०७२ १३:२३:४१ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
1 comments
Write Down Your Responses
August 25, 2015 at 1:51 AM
Dhanyabad sir! Yo jamanama testube bata janmine manishharu chhan electric bata kukhura janmayera khanchhan stya kamta garepo patyaunu ni sir sabai farjiharulai hami his biswas gardainou .