संजयको फिल्म अजय देवगनलाई
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाद्र ६, २०७२- बलिउडमा केही हिरोहरुको दोस्तीबारे बेला बेला चर्चा भइरहन्छ । यस्तै गहिरो सम्बन्ध भएका हिरोहरु हुन्, सजंय दत्त र अजय देवगन । यी दुईले सँगै केही फिल्महरुमा अभिनय पनि गरेका छन् ।


यी दुईले अभिनय गरेमध्येको एउटा फिल्म थियो– ‘सन अफ सरदार’ । यो हिट कमेडीमा अजय र संजयले दुश्मन परिवारका सदस्यका रुपमा अभिनय गरेका थिए । अहिले यसको दोस्रो भाग ‘सन अफ सरदार २’को निर्माण हुँदैछ । ‘द ब्याटल अफ साराग्रही’ नामक पुस्तकमा आधारित यो फिल्मको मुख्य भूमिकामा पहिले संजय दत्तलाई लिइएको थियो । तर, संजय जेल परेपछि उनको सट्टा अजयले यसमा अभिनय गर्ने भएका हुन् ।
रोहित जुगराजले निर्देशन गर्ने यो ‘वार मुभी’ एक योद्धाको जीवनमा आधारित छ ।




प्रकाशित: भाद्र ६, २०७२

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses