बामदेवजी बन्चरोले मान्छे मार्ने आतंकबादी हो की ? म
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिराटनगर ६ भदौ, । म आज यहीँबाट गृहमन्त्री बामदेवलाई चुनौति दिन्छु, मलाई आतंककारी सावित गर, जे पनि सजाय भोग्न तयार छु, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतवार विराटनगरमा भने म होइन आतंकबादी, बरु मान्छेको टाउकोमा बन्चरो हान्ने बामदेव आतंककारी हुन् । आफ्नो आन्दोलनमा मरे ५० लाख दिने संयुक्त मधेशी मोर्चाको निर्णयलाई ब्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री गौतमले अन्तराष्टिय आतंकबादी संस्थाको जस्तो निर्णय बताएपछि आक्रोसित बनेका महतोले यस्तो अभिब्यक्ति दिएका हुन् ।
बिराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा महतोले सम्प्रदायिकताको कुरा आफुहरुले सुदुर पश्चिममा गएर नगरेको बताए । उनले भने टीकापुरको टेप सुनेर हामीलाई आतंकवादी हुन्, सम्प्रादायिकता फैलाए भन्छन् भने म चुनौती दिन्छु, प्रमाणित गरियोस्, राजेन्द्र महतोले कहाँ आतकवादी कुरा गर्यो ? कहाँ सम्प्रदायिकताको कुरा गर्यो ?’
अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने त्यो स्वीकार्य भएको उनले बताए । महतोले भने यदि अधिकारका लागि लड्न आग्रह गर्नु अपराध हो भने २५ वर्षदेखि यस्तो अपराध गरिरहेको छु, जीवन भर गरिरहन्छु ।’
पैसासँग जीवनलाई तौलन नहुने भन्दै महतोले मधेसी मोर्चाको निर्णयको बचाउ गरेका छन् । उनले भने(‘५० लाख त के, ५० करोडमा पनि कुनै पनि नागरिक साहदत हुन सक्दैन ।’ उनले थपे ‘पैसालाई जीवनसँग तौलन हुँदैन । यो मान्यतालाई सबैले बुझ्नुपर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses