साउन । खुर्सानी प्राय हामी सबैको भान्छामा प्रयोगहुने पिरो बस्तु हो । खुर्सानी धेरै रुचाउने मान्छेलाई खुर्सानी बिनाको खाना मीठै लाग्दैन । हामी सबै लाई थाहा छ खुर्सानी धेरै नै पिरो हुन्छ तर कहिलेकाँही कडा र तिखो खाना पनि स्वस्थकर हुने गर्दछ । औषधी धेरैजसो कडा नै हुने गर्दछ तर त्यसको फाइदा निकै मिठो हुने गर्दछ । हो खुर्सानी निकै कडा र पिरो भएपनि यो हाम्रो स्वास्थ्यका लागि निकै लाभकारी हुने गर्छ । रियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ।
हेर्नुहोस यस्ता छन् हरियो खुर्सानीका फाइदा :
– हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
– यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियोृ खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउनेछ ।
– यो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
– यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
-भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
– खुर्सानीमा रहेका कम्पाउन्डले रक्तचापलाई पनि कम गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि दिन्छ ।
0 comments
Write Down Your Responses