ज्योति मगरलाई नङ्गाएर शंकर बिसी अमेरीका टाप ! कृष्ण आचार्य सुवास रेग्मीले पछिल्लो समय विवादमा आएको गीत ढाडे विरालोसँग सम्बन्धित लेखेको फेसबुक धारणमा गीतका निर्देशक शंकर वि.सी ले लेखेका छन् । हतार थियो रे । उनले भने,–‘ज्योतिले जस्तो लुगा लगाएर तयार भएकी थिइन, त्यसैमा गीत निर्देशन गरेको हुँ ।’ शंकर जि तपाई त अमेरीमा जानु भयो । के तपाईले बनाएको गीत नेपालमा बसी तपाइका दाजु भाइ र दिदि बहिनीले हेर्न सक्छन ? नेपाली लोक संगीतको यत्रो ईतिहास छ । तपाईसँग नेपालमा यत्रो नाम र दाम छ । जावो अमेरीकाले भिजा दियो भन्दै हुर्ररे भन्नु पर्ने के छ र ? के तपाईले स्थापना गरेको नेपाली लोकदाहोरी क्षेत्र त्यति फोहोरी भइसकेको हो छोडेरै जानु पर्ने ? गीतले पछिल्लो समय चर्चा र विवाद दुवै बटुलेको छ । यसको बारेमा म एक लोकदोहोरी सुन्ने स्रोताको रुपमा केहि धारण राखेको छु । जस्तो लाग्छ त्यस्तैगरी बुझिदिनुहुन मेरो अनुरोध छ । शंकर वि.सी नेपालमा ज्योतिलाई नङगाएर अमेरीकाले भिजा दियो हुर्ररे भन्दै अमेरीका जानु भयो ।
उनीहरुलाई मुख छोप्न बाध्य नपार्नुहोस । समयको माग भन्दै लुगा फुकाल्दै गर्नु भन्दा गायक तथा सर्जक रामप्रसाद खनाल दाईले भने जस्तै गर्नुस त्यसमा यो भन्दा पनि बढि चर्चा कमाइन्छ । अरुले जे भने पनि निर्देशकले जे भन्छन त्यहि मान्दै जाने हो भने ज्योति जि एक दिन तपाई लाई बेचेर यिनीहरु अमेरीका जानेछन याद गर्नुस । कति सम्म गर्न हुन्छ कति गर्न हुन्न भन्ने कुराको विचार पुराउँदा राम्रो होला । अझ तपाईको अर्को गीत ‘एक रातको एक हजार डलर’ भन्ने गीत आँउदै छ रे यतिको विवाद भए पछि पनि अब त्यस्तै गीत निकाल्नु भयो भने त्यो पछि जनताबाट आउने सबै कुरा भोग्न तयार हुनुहोला । तपाईले सिँगो जनजातीको शिर निउराउनु भएको छ तपाई पनि मुख्य दोषी हो । श्रीदेवी दिदि तपाईले पनि भोली छोरा छोरी पाउनुहोला । आमा बन्नु होला । के तपाईको छोरीले तपाइले जस्तै गरिन् भने सहनु हुन्छ ? विन्ती दिदि तपाई रुपमा जति सुन्दर हुनुहुन्छ व्यवहारमा पनि त्यहि सुन्दरता प्रस्तुत गर्नुहोस । चर्चा कमाउने बाटो अरु पनि छन आचीनै खेलाउन पर्छ भन्ने छैन । महिला हो महिलाको इज्जत गर्नुहोस र राख्नुहोस । प्रकाश कटुवाल दुखको कुरा म प्रकाशको एक नम्मर फ्यान थिए केहि दिन अघि सम्म । प्रकाश जि तपाईले हिजो आज गीतको बारेमा दिएको प्रतिक्रिया सुन्दा र गीत यति जनाले हेरे त्यहिनै सफलता हो भनेको सुन्दा तपाई गीत संगीतको ‘कपुरी क समेत थाहा रैनछ’ भन्ने मलाई लागेको छ । चर्चा कमाउनको लागि र धेरै हेरिएको भिडियो बनाउने हो भने निलो फिल्म खेल्नुस । ब्लु फिल्म बनाएर अपलोड गर्नुहोस बरु म पनि एक पटक हेरौँला । त्यो झन सुपर टुपर हुन्छ । अरुको अंग देखाएर गीतको रोयल्टी बुझेर रैसिमा उडाउनको लागि पनि यस्तो हर्कत गर्छन र प्रकाश जि बरु मागे पाइन्छ त्यो इज्जदार पेशा हो । हैन भने राहदानी बनाएर कतार जानुहोस मेहनतको कमाइको मुल्य थाहा हुन्छ । म्युजिक नेपाल यो भिडियो कुनै चलचित्रमा भएको भए पनि सेन्सर बोडले यसलाई काटर दुइ चार मिनेटको मात्र बनाउथ्यो होला । यत्रो नेपाली संगीतको इतिहास बोकेको म्युजिक नेपालले जावो यस्तो नाथे गीतलाई नहेरीकन अपलोड गर्नु मुखमा आची लागे जस्तो हो । क्रिपया तपाइहरुको आगामी दिनमा केहि महत्व र प्रतिष्ठा बचाउने हो भने यसलाई हटाउनुहोस हैन भने निलो फिल्म पनि अपलोड गर्न थाल्नुहोस बबाल पैसा कमाइ हुन्छ । हामीहरु पनि विदेशमा हुने कार्यक्रममा हामीलाई ज्योति नै चाहिन्छ । उसैले देखाएको हेर्न मन लाग्छ । ज्योतिलाई उक्साउने वाह वाह गर्ने तपाइ हामी पनि हो । उनलाई विदेश तथा स्वदेशमा हुने कार्यक्रममा बहिष्कार गरे अर्को पटक यस्तो गरिछन भने मलाइ थुक्क भन्नु होला । नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भन्न सिकौं । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses