एसएसपी न्यौपानेको शब काठमाडौं पठाइयो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
टीकापुर घटनाः ४ प्रहरीको शब सेती अञ्चल प्रहरीमा ल्याइयो
टंक कुवँर
कैलाली, भदौ ८– कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडपमा परि मृत्यु भएका चार जना प्रहरीको शब सेती अञ्चल प्रहरी कार्यालयमा ल्याएको छ ।OLYMPUS
मृत्यु भएका प्रहरीलाई आज हेलिकप्टर मार्फत आफन्तलाई बुझाउनसेती अञ्चल प्रहरी कार्यालयमा ल्याइएको हो । एसएसपी लक्ष्मण न्यौपानेको शब भने भने हेलिकप्टरमार्फत काठमाण्डौं लगिएको डिआइजी रामप्रसाद खनालले बताए ।
घटनामा सशस्त्र प्रहरीका हवलदार रामबिहारी चौधरी र ललित साउदको शबलाई टिकापुरको सशस्त्र प्रहरीको गणमा राखिएको जनाइएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका हजारौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच हिजो झडप भएको थियो । टिकापुर नजिकैको मुनुवा गाविस ६ सिलम चौराहमा थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।
कैलालीस्थित टिकापुर नगरपालिका, भजनी त्रिशक्ति नगरपालिका, मुनुवा, दुर्गौली, जोशीपुर, धनसिंहपुर गाविस हिजो देखि र सदरमुकाम धनगढीमा आज कफ्र्यू लगाइएको छ । धनगढी नगरपालिका क्षेत्रमा आज विहान ११ बजेदेखि बेलुका सात बजेसम्म कफ्र्यू लगाइएको जिल्ला प्रशासन कैलालीले जनाएको छ । यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु पनि बन्द रहेका छन् । उता टिकापुरको वन गाउँमा थारु समूदायले पहाडीको घर र धनसिंहपुर ४ मा पहाडीले थारुहरुको घर जलाएको स्थानीयले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses