हृदयन्द्रलाई राजा बनाउन ससुरा–बुहारीको गोप्य भेटवार्ता
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ भदौ । पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको खुलेको छ।
नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंसा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ।
अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।
‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’
१२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए।
अति गोप्य राजनीतिक भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फर्किएका हुन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses