तराई बन्द जारी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Posted: 26 minutes ago
भदौ ९, काठमाडौं ।
प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउदै तराईका विभिन्न जिल्लामा आव्हन गरिएको बन्द आज पनि जारी छ । हिजो दिनभर तनावग्रस्त बनेको रौतहटको गौरमा विहानैबाट प्रदर्शनको तयारी भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् । निषेधाज्ञा तोड्ने क्रममा प्रहरीको गाली लागि गौरमा हिजो एक प्रदर्शनकारीको मृत्यु भएको
हिजो अपरान्ह २ बजेबाट लगाइएको कफर््यू खुलेसंगै बजारपसल खुल्नुका साथै सर्वसाधारणको चहलपहल बढेको हाम्रा सहकर्मीले जनाएका छन् । स्थानीय प्रशासनले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाको केही क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज पनि जारी छ । हिजो विहान ११ देखि बेलुकी ५ बजेसम्मका लागि लागु गरिएको निषेधाज्ञालाई आज पनि निरन्तरता दिइएको हो । संभावित अप्रिय घटना हुन नदिन निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कु‘वरले बताउनुभयो ।
मधेशी मोर्चाले आव्हन गरेको बन्दका कारण पूर्वी तराईको जनजीवन आज पनि प्रभावित बनेको छ । लामो समयदेखिको बन्दका कारण तराईका अधिकांश जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
0 comments
Write Down Your Responses