महिलाको कुन अंगले पुरूषको भन्दा बढी काम गर्न बाधा पुर्याएको होला र! म हाम्रो समाज सम्झेर चकित खान्छु। हाय मेरो देश! आमाले नै जन्माएको सन्ताको परिचय आमाकै नामबाट हुनुपर्छ भनेर राज्यसँग भीख माग्नुपर्छ।
ज्योति देवकोटा
‘सिंगल मदर’ की २६ वर्षे छोरी एलेक्सासँग आजसम्म कसैले बाबुको परिचय खोजेन। स्कूल भर्ना गर्न आमाले हात डोर्याएर लगीन्। बाबुको परिचय दिन मानिनन्। नौ महिनासम्म पेटमा बोकेर जन्माएकी छोरीमाथि पहिलो हक आमाको लाग्छ, अनि मात्र बाबुको। बाबुको परिचय आमाको इच्छासँग जोडिएको विषय हो।
उनको नागरिकता बनाउन राज्यले बाबुको परिचय कहिल्यै खोजेन। पश्चिमेली मुलुकहरूमा महिलाहरूलाई दिएको अधिकारको सुन्दर पक्ष यही हो।
१२ कक्षासम्म सरकारले निःशूल्क शिक्षामा लगानी गरेको छ। एलेक्साले कम्प्युटर विज्ञानलाई मेजर बनाइन्। तर, उनलाई कसैले पनि कम्प्युटरमै जागीर खोज्नपर्छ भनेर उर्दी जारी गरेन। पढेको विषयमा जागीर नखाए लाज हुन्छ भन्ने सफेद् झुट कसैले सिकाएनन्। कुलीन घरको केटासँग सम्वन्ध जोड्नुपर्छ भन्दै महिलालाई झन कमजोर बनाउने पुरातन् शिक्षा कसैले सिकाएन।
छोरा मान्छे जस्तै छोरीले पनि १८ वर्षपछि आफ्नो भविश्यको रेखा आफै कोर्न सक्छन्। अमेरीका भित्रका चौडा सडकहरूमा आफ्ना सपनाहरू आफैं खोज्दै जीन्दगीको गाडी आफैं कुदाउन सक्छन्। केटाले जस्तै अफगानिस्तानमा बन्दुक समातेर युद्व लड्न सक्छन्। युरी गागरीन जस्तै वैज्ञानिकको नाममा आफ्नो नाम दर्ज गराउन सक्छन्।
एलेक्सा पढ्ने स्कुलमा राज्यले यीनै कुराहरूमा मात्र बहस गरायो। आमा ‘सिंगल मदर’ हुनुको इच्छालाई समाजले कुनै ठूलो बहसको विषय ठानेन। एलेक्सा ‘सिंगल मदर’ बनिछन् भने पनि त्यो उनको इच्छाको विषय हुनेछ। पुरूषले साथ नदिए नारीले जीवन गुजार्न सक्दिनन् भन्ने झुठलाई राज्यले कहिल्यै स्वीकारेन।
राज्यले गरेका यीनै सुन्दर अस्वीकारोक्तिहरूले महिलाका अधिकारलाई झन बुलन्द र सुरक्षित बनायो। त्यसैले एलेक्सा जस्ता लाँखौँ अमेरिकनले पुरुष बराबर भाग देऊ भनेर रूनु पर्दैन। नेपालमा जस्तो राज्यबाटै नदिइएका सामान्य अधिकारहरू महिलालाई दिइयोस् भन्दै राज्यसँगै अधिकारको भीख मागीरहनु पर्दैन।
आजकल एलेक्सा कम्प्युटर साइन्सको मास्टर डिग्री झोलामा बोकेर बाटोमा चटके नाँच देखाउदै बिन्दास नाचेर हिँडछीन्। कुनै केटासँग उनलाई प्रेम गर्न डर लाग्दैन। कुनै केटासँग बारमा वसेर रूड वियर चियर्स गर्न कुनै आपत्ति हुँदैन।
कम्प्युटर सन १८२२ मा पहिलो पटक बनेको थियो। यो विषयमा ठूला र पहलमान पुरुषहरुभन्दा बलियो तर्क र बहस गर्न सक्छिन् एलेक्सा। भारतमा बनेका हिन्दु मन्दिरहरूबाट पहिलो शताब्दीमा भारत नाट्यमका रूपमा समाजले नाच्ने संस्कृतिलाई अंगाल्न थाल्यो। यो विषयामा एलेक्सा तुफान बहस गर्न सक्छिन्।
अमेरीकन वैज्ञानिकहरूको घर नासालाई नेतृत्व दिन तयार रहेका महिला बैज्ञानिकहरू निकोलस् मान, जेसिका मेर, ऐनी म्याक्लीन्, क्रिष्टिना हेमर्कले छानेको विषय र उनीहरूले गरेको रिसर्चलाई ब्याख्या गर्न सक्छिन्।
६ सय जना निम्तालुहरूले भरीएको फिल्मोर थिएटरमा आज ऐलेक्साले पियानो पनि बजाउनेछिन्। र, दोस्रो चरणमा फेरि थिएटरमा उनले ३ मिनेटको स्ट्रिट डान्स प्रस्तुत गर्नेछिन्।
गितार बजाउँछिन् एलेक्सा। केटाहरुसँग अमेरीकन फुटबल खेल्न सक्छिन् । स्कुलमा हरेक वर्ष हुने सामूहिक रनिङमा सबै केटाहरुलाई उछिनेर हरेक वर्ष प्रथम भइन्। उनलाई नाच्न, गाउन र बजाउन आँउछ । महिला र पुरूषबीच कुनै असमानता छ भने त्यो मात्र शारीरिक बनावट हो भन्ने बुझेकिछिन् एलेक्साले। र, यो बनावट मान्छेको इच्छाले बनाइएको होइन।
मलाई मनभित्र भत्भती पोलिरहेको छ। यी छोरी नेपालमा जन्मेकी भए बाबु बिनाकी छोरीको परिचय खोज्दै एलेक्साको आधा जीवन बित्ने थियो र, आमाको सम्पूर्ण जीवन। अनि, यीनमा रहेका सारा क्षमता बाग्मतीमा बगेर जाने थिए। धन्न एलेक्सा तिमी नेपालमा जन्मिएनौ!
महिलाको कुन अंगले पुरूषको भन्दा बढी काम गर्न बाधा पुर्याएको होला र! म हाम्रो समाज सम्झेर चकित खान्छु। हाय मेरो देश! आमाले नै जन्माएको सन्ताको परिचय आमाकै नामबाट हुनुपर्छ भनेर राज्यसँग भीख माग्नुपर्छ।
नेपालमा ‘सिंगल मदर’ हुनु अहिले पनि उग्र क्रान्ति हो। हामी त अहिले बल्ल आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने क्रान्तिसम्म आइपुगेका छौँ। ‘सिंगल मदर’ लाई एलेक्साको आमाको स्थानसम्म पुर्याउन नेपालमा भर्खरै जन्मेको पुस्ताले अर्को क्रान्ती गर्नुपर्ने छ।
एलेक्साले बोकेर हिँडेको उनको तुफान जीवनले मेरो मनलाई हुँडलेर गयो।
मान्छेको इच्छाले आकाश खस्ने होइन। र, पनि मनमनै प्रण गरेर आएँ-मेरी नजन्मेकी छोरीसँग बरू मेरो परिचय नजोडियोस् तर, एलेक्सा जस्तै विन्दास नाचेर हिँडोस् मेरी छोरी!
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses