सैफले भनेः करिना आमा बन्ने विषयमा बहस हुँदा दुःख लागेको छ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी ।
बलिउडमा चर्चामा रहने विषय मध्ये करिना कपुर आमा बन्ने विषय पनि हो । उनले विवाह गरेको यतिका वर्ष भैसक्दा पनि बच्चा नजन्माएपछि यस विषयमा अनेक सवाल उठ्ने गरेका छन् ।
करिनाले धेरै पटक आफू आमा नबन्नुको कारण खोतल्ने प्रयास गरेपनि पति सैफ अली खान भने पहिलो पटक यो विषयमा बोलेका छन् ।
सैफले करिना आमा बन्ने विषयमा सँधै कुरा उठ्ने गरेकोमा आफू दुःखी भएको बताएका छन् । उनले विवाह गर्ना साथ आमा बन्ने कुरालाई महत्व दिने गरिएकोमा आश्चर्य प्रकट गरे ।
यस्तो प्रश्न गरिनु अभिनेत्रीलाई अभिनय छोडेर आमा बन्न प्रेरित गर्नु तर्फ लक्षित रहेको भन्दै सैफले विवाह गरेका अभिनेत्रीलाई बच्चा पाउन होइन करिअर बनाउन प्रोत्साहित गर्नु पर्ने बताए ।
कुनै पनि हिरोइनका लाखौं फ्यान हुने भएपनि आमा बन्ने कि नबन्ने भन्ने विषय चाँहि उनको निजी मामला भएको सैफको भनाइ छ । कुनै पनि अभिनेत्रीलाई आमा कहिले बन्ने भनेर सोध्ने अधिकार नभएको समेत उनले बताएका छन् ।
करिनाले विवाह पछि खेलेका मध्ये पछिल्लो फिल्म बजरंगी भाइजानले बलिउडका सबै जसो रेकर्ड तोडेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses