बालिका बलात्कार गर्न खोजेको आरोपमा शिक्षक कुटिए
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

संजय मिश्रा
रौतहट, साउन ३२ – एक बालिकामाथि यौनदुव्र्यवहार गर्न खोजेको आरोपमा एक शिक्षकलाई स्थानीयहरुले पिटेका छन् । रौतहटको बिर्ति प्रस्टोका गा.बि.सस्थित एक बालिकामाथि अनैतिक कार्य गर्न छिमेकीको घरमा पसेको भन्दै ती शिक्षकलाई स्थानियहरुले कुटपिट गरेका हुन् ।

वीरगञ्ज पब्लिक क्याम्पसमा कक्षा १२ मा अध्ययनरत बिर्ति प्रस्टोका १ का झोजन मियाका छोरा २२ बर्षिय फुल महमद मियालाँइ उक्त आरोपमा स्थानियहरुले कुटपिट गरेका हुन् । आरोपी फुल महमदले गएराती १० बजे एकजना छिमेकी घरमा गएर भित्र सुतिरहेकी १३ बर्षिया बालिकालाई जबरदस्ती गर्न खोजेका थिए । सो क्रममा बालिकाले गुहार भनी कराउँदा अन्य छिमेकीहरुले फुल महमदलाइ पक्राउ गरी कुटपिट गरेको इलाका प्रहरी कार्यालय कटहरीयाले जनाएको छ ।
आरोपीको निधार, हात, खुटा लगायत शरीरको विभिन्न भागमा गम्भिर चोटपटक लागेको छ । आज बिहान निजको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा सामान्य उपचारपछि थप उपचारका लागी नारायणी क्षेत्रिय अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई इलाका प्रहरी कार्यालय मार्फत मेडिकलको लागी प्राथमिक स्वास्थ्य केन्द चन्द्रपुर पठाइएको सइ अमृत बस्नेतले बताएका छन् ।
घटनाबारे आफुलाइ जानकारी पाउने बितिकै अभियुक्तलाइ उपचारको लागी पठाएको सइ बस्नेतले बताएका छन् ।
वीरगंज क्याम्पसमा अध्ययनरत फुल महमद छुट्टीमा आएको बेला गाँउमा टयुशन पढाउने गरेका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses