एसएसपी न्यौपानेको मृत्युको खबरले श्रीमती अझै अचेत
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौंः कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट र मधेसी दलका हतियारधारी कार्यकर्ताको आक्रमणबाट एसएसपी लक्षमण न्यौपानेको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।
मृतक एसएसपी न्यौपानेका एक छोरा, एक छोरी, श्रीमती र आमा छन् । श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमती अरुणा अचेत छिन् । काठमाडौं मेडिकल कलेजमा उनलाई लगिएको भएपनि अझै होस् खुल्न सकेको छैन । आमा र छोरीको अवस्था पनि उस्तै छ ।
न्यौपानेको मृत्युको खबरले छरछिमेकीलाई पनि शोकमग्न बनाएको छ । साँझ काठमाडौंको सिनामगंल स्थित निवासमा प्रहरी अधिकृतको एक टोली पुग्दा छरछिमेकी लगायतको समुह चिन्तित मुद्रामा थियो । प्रहरी अधिकृतहरुले परिवारका सदस्यमाझ कार्यक्षेत्रमा ज्यान गुमाएका एसएसपी न्यौपानेप्रती समवेदना प्रकट गरेका थिए ।
भोली (मगंलबार) एसएसपी न्यौपानेको शव काठमाडौं ल्याइने तयारी भएको बाबुको कार्यक्षेत्र घुम्न गएका छोरा शन्देशले धनगढीबाट फोनमा बताएको परिवारका सदस्यले बताएका छन् ।
सोमबारको टिकापुर आक्रमणमा एसएसपी न्यौपाने सहित ७ प्रहरीले ज्यान गुमाएका छन् भने दुई बर्षिय एक बालकको मृत्यु भएको कैलालीका प्रजिअ राकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
annapurnapost.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses