एम्बुलेन्स तोडफोड गर्ने आलम प्रहरी नियन्त्रणमा
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पथरी (मोरङ), ८ भदौ । सोमबार साँझ विराटनगर–२१ स्थित रामजानकी चोकमा को१ज १८०४ नम्बरको एम्बुलेन्समा तोडफोड गर्ने गुडु आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ढुन्डीराज न्यौपानेका अनुसार जोगवानीबाट धरान जाँदै गरेको सो एम्बुलेन्समा आलमसहित चार÷पाँच जनाको समूहले ढुङ्गामुढा गरेर सबै सिसा फुटाएका छन् ।
तोडफोडमा संलग्न आलमलाई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
Published On: August 25, 2015 भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses